धनगढीमा आगामी चैत्र दोस्रो साता विश्व नेपाली नारी साहित्य सम्मेलन हुँदै


लेखक : सुन्दराञ्चल      फाल्गुन २८, २०७९ मा प्रकाशित     
धनगढीमा आगामी चैत्र दोस्रो साता विश्व नेपाली नारी साहित्य सम्मेलन हुँदै

फाल्गुन २८,  : धनगढीमा आगामी चैत्र दोस्रो साता विश्व नेपाली नारी साहित्य सम्मेलन हुँदैछ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा आगामी चैत्र १० गतेदेखि १३ गतेसम्म सम्मेलन हुने जनाइएको छ । साहित्य समाजले यसअघि धनगढीमा २०७६ सालमा विश्व नेपाली साहित्य सम्मेलन र २०७८ सालमा नेपाली साहित्य सम्मेलन आयोजना गरिसकेको छ ।

साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयका अनुसार विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भूटान, म्यानमार लगायतका देशहरूबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागीता रहने छ । समारोहमा विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई सम्मान गरिने छ । अध्यक्ष पाण्डेयका अनुसार साहित्यकार झमकलाई एक लाख ११ हजार रुपैयाँ राशीको बद्रि–कृष्णा बाङ्गमय पुरस्कारद्वारा सम्मान गरिने छ ।

सम्मेलनमा विलक्षण प्रतिभाशाली बालिका प्रिन्सा रेग्मी, स्थापित समाजसेवी अनुराधा कोइराला, मधेसका मुर्धन्य साहित्यकार राजेन्द्र विमल, गजलकार तिलक पेला, अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा ९अमेरिका० पनि सहभागी हुने भएका छन् । अध्यक्ष पाण्डेयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यक्रमको उद्घाटन गर्ने तय भएको बताए । सम्मेलन आयोजनाका लागि मुल आयोजक समितिका साथै डेढ दर्जन बढी उपसमितिहरू गठन भएका छन् । सम्मेलनको तयारी तीब्र गतिमा भइरहेको अध्यक्ष पाण्डेयले बताए । उनले भने– सम्मेलनमा सञ्चालन गरिने अन्तरसंवाद सत्रहरूको टुङ्गो लगाउने काम भइरहेको छ । हरेक दिन सुदूरपश्चिम प्रदेशका विभिन्न समुदाय र क्षेत्रका मौलिक सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने तयारी गरेका छौ ।

सम्मेलन आयोजनाका लागि करिब ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । “धनगढी साहित्य शहरका रुपमा स्थापित भइसकेको छ” अनुमोदनसँगको कुराकानीमा अध्यक्ष पाण्डेयले भने– हामीले नेपालमै पहिलो पटक धनगढीमा तीन वर्षअघि विश्व नेपाली साहित्य सम्मेलनको सफल आयोजना गरिसकेका छौ । गत वर्ष नेपाली साहित्य सम्मेलन आयोजना भएको छ । यो (विश्व नेपाली नारी साहित्य सम्मेलन) आयोजनाले धनगढीसहित सुदूरपश्चिमको भाषा, साहित्य र कलामा नयाँ उचाईं थप्ने विश्वास गरेका छौं ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap