महादेव गिरी संवाददाता
धनगढी फागुन १८ धनगढीमा–रहेको एलाईन्स ईन्टरनेस्नल मोडनको १९ औँ बार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।
सुदूरपश्चिम बिश्व बिद्यालयका व्यवस्थापन संकायका डिन प्रा. डा. पदमराज जोशी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा प्रमुख अतिथी रहेका जोशीले गुणस्तरिय र आधुनिक शिक्षा अहिलेको आवश्यकता भएको बताए । उनले विश्वव्यापि रुपमा बालबालिकालाई प्रतिष्पर्धी बनाउन सकेमात्रै शैक्षिक संस्थाको दिगोपन हुने भन्दै एलाईन्स ईन्टरनेस्नल मोडनपरिवारलाई नविनतम शिक्षा प्रदान गर्न सुझाव समेत दिएका थिए ।
पछिल्लो समय किशोरा अवस्था देखिनै कुलतमा लाग्ने र परिवार समाज तथा राष्ट्रलाईनै नकारात्मक असर पार्ने गतिविधिमा विद्यार्थी लाग्ने गरेको बताउँदै जोशीले बालबालिकालाई कुलतबाट जोगाउने दायित्व पनि विद्यालय अभिभावकको पहिलो भुमिका रहेको समेत बताए ।
विद्यालयमा नियमित कार्यक्रम सञ्चालन भइरहदा अविभावकसंग पनि निरन्तर छलफल गरी विद्यार्थीको सर्वाङ्गीण विकासका हातेमालो गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
कार्यक्रममा बिशिष्ट अतिथि नाष्ट कलेजका प्रमुख शिवहरी मुडभरीले राष्ट्रियतालाई ध्यानमा राखेर शिक्षा दिन जरुरी रहेको बताए । उनले भने –‘राष्ट्रको राजनीतिक अवस्था र आम नागरिकको अवस्थालाई विद्यार्थीहरुले कलामार्फत प्रदर्शन आग्रह समेत गरे ।‘संस्थालाई सफल बनाउन त्यहाँ कार्यरत कर्मचारीको दक्षता संगै लगनसिलता र इमान्दारिता आवश्यक हुन्छ,’मुडभरीले भने, ‘कर्मचारी इमान्दार भए संस्थाको भीजन सफल हुन्छ ।

’उनले विद्यार्थीलाई सफल बनाउने वा असफल बनाउने भन्ने कुरा शिक्षक संगै अभिभावकको भूमीकाले पनि तय हुने भन्दै अभिभावकलाई आफ्ना बालबालिकाको निग्रानी गर्न र नियमित विद्यालयका शिक्षक संग समन्वय गर्न बिद्याथीलाई डर त्रास होईन हौसला र प्रेरणा साथ दिनु प्रर्ने बताए । विद्यालयका संञ्चालक समितीका अध्यक्ष गिरीराज ओझा,को अध्यक्षतामा समपन्न भएको थियो । कार्यक्रमका सु.प क्याम्पसका प्रमुख योगराज गौतम ,भागेश्वसर क्याम्पसका डिन नेत्र उपाध्याय, प्रहरी स्कुलका प्र.ह डिल्ली राज जोशी ,बिद्यालयका प्र.ह मनोज पन्त, याम्डी उत्तम सिहँ भण्डारी, अभिभावक,लगाएको उपस्तिथि रहेको थियो । भने बार्षिकोत्सव कार्यक्रमका अवसरमा विद्यालयले आयोजना गरेका अतिरिक्त क्रियापलापमा उत्कृष्ट भएका विद्यार्थीतथा कक्षामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन सोही बिद्यालयका बिद्यायार्थी तेन्सी खनाल ,अमन टमटा ,आयुस्मा चौधरी ,दिपिन जोशीले गरेका थिए ।

