धनगढीको एरिष्टो माध्यमिक विद्यालयले शैक्षिक २०८२ बाट कक्षा ११ को पढाइ गर्ने


लेखक : सुन्दराञ्चल      चैत्र २८, २०८१ मा प्रकाशित     
धनगढीको एरिष्टो माध्यमिक विद्यालयले शैक्षिक २०८२ बाट कक्षा ११ को पढाइ गर्ने

धनगढी : चैत्र २९,  धनगढीको शैक्षिक क्षेत्रमा धरोहरका रुपमा स्थापित एरिष्टो इङलिस हाई स्कुलमा कक्षा ११ मा पढाई सुरु गर्ने भएको छ । शुक्रबार स्कूलले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । स्कूलका प्रिन्सिपल हरि क्षेत्रीले हातेमालो छात्रावृत्ति कार्यक्रमका साथ २०८२ देखि कक्षा ११ मा व्यस्थापन संकाय सञ्चालन हुने जानकारी दिएका हुन् । स्कूलले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा आफ्नै पुर्वाधार निर्माण गरि कक्षा ११ मा पढाई सुरु गर्ने जमर्को गरेको प्रिन्सिपल क्षेत्रीले बताए । ‘स्कूलले सिक्दै कमाउदैँ कार्यक्रम पनि अगाडि सार्ने भएको छ’, उनले भने ‘त्यसका लागि विद्यालयले वातावरण बनाउने काम गर्ने छ ।’ विद्यालयलाई सरकारको सिस्टममा लिने प्रयासमा रहेको प्रिन्सिपल क्षेत्रीले बताए । त्यसका लागि शिक्षक कर्मचारीहरुलाई पोशाक भत्ता देखि सामाजिक सुरक्षारसञ्चय कोषको व्यवस्था गर्ने गरिएको उनले उल्लेख गरे ।

पत्रकार सम्मेलनमा प्रिन्सिपल क्षेत्रीले स्कुलले सिक्दै कमाउदै कार्यक्रम, कलेज छात्रवृत्ति, राष्ट्रसेवक छात्रवृत्ति पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकार १ जना बालबालिकालाई कक्षा १ देखि १० सम्म पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको छ । त्यस्तै दुर्गम छात्रवृत्ति एकल महिला सहारा छात्रवृत्ति, कर्मचारी हकहित छात्रवृत्ति, सरकारी नियम अनुसारका छात्रवृत्तिहरु शिक्षक कर्मचारी तथा विद्यार्थीले खाईपाइ आएका अन्य सेवा सुविधाहरु यथावत रहने र आवश्यता अनुसार थप गरिदै लगिने जनाएको छ । पत्रकार सम्मेलनमा आन्तरिक सेवा सुबिधा अन्र्तगत शिक्षक शिक्षिकालाई दर्शै भत्ता र सरकारी तलबको व्यस्था समेत गरिएको प्रिन्सिपल क्षेत्रीले बताए । एक जनालाई जिवन बीमा बापत ५ लाखकको सुविधा पुर्णरुपमा लागु भइ भुक्तानी समेत प्रदान गरिसकेको उनको भनाइ छ । स्कुलले पोसाक, परीक्षा भत्ता जाँच भत्ता टिएडिए चिया नास्ता उपलब्ध गरिदै आईरहेको र आगामी आर्थिक बर्ष देखि २०८३ देखि सामाजिक सुरक्षा सञ्चय कोषको व्यबस्था समेत गरिने उनले बताए । उनले अत्याधुनिक सुविधा सम्पन्न भवनसहित नयाँ कक्षाकोठाका ब्यबस्थापन र अन्य समय सापेक्ष सेवा सुविधाहरु रहेको जनाएका छन् । प्रिन्सिपल क्षेत्रीले प्रचार प्रसारको कमीका कारण हामीले प्रदान गर्दै आएका पृथक तथा उत्कृष्ट प्रकारका समाज निर्माण हातेमालो कार्यक्रमहरु पत्रकारहरु सम्म समयमा पुगाउन नसक्नु भुल भएको उल्लेख गरे ।

No description available.No description available.No description available.
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap