धनगढीको आमाको माया छात्राबासका बालबालीकाहरुलाई नाष्ट रेडक्रसले खाना खुवायो


लेखक : सुन्दराञ्चल      माघ ८, २०८१ मा प्रकाशित     
धनगढीको आमाको माया छात्राबासका बालबालीकाहरुलाई  नाष्ट रेडक्रसले खाना खुवायो

धनगढी, माघ ८ ,नाष्ट रेडक्रस सर्कलको आयोजनामा मंगलबार धनगढीको आमाको माया छात्राबासका बालबालीकाहरुलाई खाना खुवाइएको छ ।

धनगढी ४ उत्तरबेहडी स्थीत नाष्ट कलेजको २५ औँ रजत जयन्तीको अवसरमा नाष्ट रेडक्रस सर्कलको आयोजनामा आमाको माया छात्राबासमा खाना खुवाइएको हो ।

कार्यक्रमका सभापतित्व नाष्ट कलेजका प्राचार्य डाक्टर प्रेम बहादुर चन्द र नाष्ट रेडक्रस सर्कलका शिक्षक नायक रमेश खड्का तथा नाष्ट रेडक्रस सर्कलका विद्यार्थीहरुको उपस्थितीमा आमाको माया छात्राबासमा खाना खुवाइएको बताइएको छ । आमाको माया छात्राबासमा घरपरिवार बिहीन, अनाथ तथा टुहुरा बालबालीका बस्दै आएका छन् ।

No description available.No description available.No description available.

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap