वैशाख ६ धनगढी, । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीका जनप्रतिनिधिले सवारीसाधन सुविधा फिर्ता गर्न शुरु गरेका छन् बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधिले आफूले प्रयोग गर्दै आएको सवारीसाधन फिर्ता गर्न सुरु गरेका हुन् ।
भने धनगढी उपमहानगरपालिकानगर प्रमुख नृपबहादुर वडले आफूले प्रयोग गर्दै आएको सेतो नम्बर प्लेटको बा।२ च। ३८९२ नम्बरको स्कारफियो प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठलाई मंगलबार बुझाउने तयारी गरेको बताए । उनले यसअघि प्रयोग गर्दै आएको बा।प्र ००१–०२६ च ४२०२ नम्बर प्लेटको गाडी यस अघि उपमहानगलाई बुझाई सकेका छन् । नगर प्रमुख वड दोश्रो कार्यकालका लागि पुनः नेपाली काँग्रेसको तर्फवाट धनगढी उपमहानगरपालिकाको मेयर पदका प्रमुख दावेदार हुन् ।
आफुले प्रयोग गर्दै आएको सवारी सधान फिर्ता गर्न उपमहानगरपालिकाका १९ वटै वडाका अध्यक्षलाई समेत निर्देशन दिइसकेको नगर प्रमुख वडले जानकारी दिए।
यस अघि वडा नम्बर ८ का वडा अध्यक्ष नारायण बराल र वडा नम्बर ४ का अध्यक्ष दिपककुमार थापा क्षेत्रीले आफुले प्रयोग गर्दै आएको मोटरसाईकल सोमबार उपमहानगरपालिको जिन्सी शाखामा फिर्ता गरिसकेका थिए ।
वडा अध्यक्ष बरालले से १ ब ६०८ र थापा क्षेत्रीले से १ ब ६०४ नम्बरको मोटसाईकल प्रयोग गर्दै आएका थिए ।