द भ्वाइस किड्स नेपाल सिजन–२’ को प्रसारण आव शुक्रबारदेखि हुने


लेखक : सुन्दराञ्चल      फाल्गुन २६, २०७९ मा प्रकाशित     
द भ्वाइस किड्स नेपाल सिजन–२’ को प्रसारण आव शुक्रबारदेखि हुने

  फागुन २६ रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन–२’ को प्रसारण आव शुक्रबारदेखि हुने भएको छ । निर्माण युनिटले बिहिबार बानेश्वरस्थित वान सिनेमाज् हलमा शोको पहिलो एपिसोड प्रिमियर गर्दै प्रचारको बिषयमा जानकारी दिएको हो ।

अघिल्लो भन्दा यो सिजन अझै राम्रो बनाउने प्रयास गरिएको शोका निर्देशक लक्ष्मण पौडेलले बताए । शोका कोच प्रमोद खरेल र प्रस्तोता सुशिल नेपाल समेत प्रिमिएरमा सहभागी थिए । यो सिजनमा सुशान्त केसी कोचको रुपमा भित्रिएका छन् । उनी भित्रिएसँगै प्रमोद, सुशान्त, प्रविशा अधिकारी र मिलन नेवार गरेर शोमा ४ कोच भएका छन् ।

कार्यक्रम हिमालय टेलिभिजनबाट शुक्रबार र शनिबार राति ८ बजेदेखि प्रसारण हुनेछ । निर्देशक पौडेलका अनुसार पहिलो एपिसोडदेखि ‘ब्लाइन्ड अडिसन’ सम्मका एपिसोड प्रसारण हुनेछन् । डिजिटल अडिसनमा सहभागी भएका हजारौं आवेदकबाट छानिएका ६५ जना प्रतिभाले ब्लाइन्ड अडिसनमा कोचको सामना गर्नेछन् । हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap