काठमाडौँ, असार ३१ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
मौसम विश्लेषण
हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था
हाल देशभर आंशिक देखि सामान्यता बदली रहेको छ ।
दिउँसो
देशभर आंशिक देखि सामान्यता बदली रहनेछ । देशका पहाडी भू(भागका केही स्थानहरुमा र बाँकी भू(भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती
देशको पहाडी भू(भागमा आंशिक देखि सामान्यता बदली रही बाँकी भू(भागमा आंशिक देखि मौसम सामान्यता सफा रहनेछ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक(दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका पहाडी भू(भागका केही स्थानहरुमा र बाँकी भू(भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू(भागमा भू(क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवनरयातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा विभागले अनुरोध गरेको छ ।