देशभर बाढी पहिरोमा परी १७० जनाको मृत्यु, ४२ बेपत्ता


लेखक : सुन्दराञ्चल      अशोज १४, २०८१ मा प्रकाशित     
देशभर बाढी पहिरोमा परी १७० जनाको मृत्यु, ४२ बेपत्ता

आश्विन १४,   अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण देशभर १७० जनाको मृत्यु भएको छ ।  बाढी पहिरो र डुबानमा परि देशभर ४२ जना बेपत्ता छन् भने एक सय ११ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । सडक, पुल, विद्युत लगायतका संरचनामा समेत क्षति पुग्दा मुलुकका अधिकांश स्थानको जनजीवन प्रभावित भएको छ । पहिरोले राजमार्गहरु अवरुद्ध हुँदा काठमाडौंसँगको सम्पर्क नियमित हुन सकेको छैन ।

बाढी पहिरोमा परी धादिङमा ३८, काठमाडौंमा १६, काभ्रेमा २९, मकवानपुरमा ७, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बु, पाँचथर र भक्तपुरमा पाँच-पाँच जनाले ज्यान गुमाएको गृह मन्त्रालयले जनाएको छ । गृह प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा ३, सिन्धुली, धनकुटा र महोत्तरीमा २-२ तथा रामेछाप, उदयपुर, इलाम, सप्तरी र नुवाकोटमा एक-एक जनाको मृत्यु भएको छ ।

हालसम्म ३ हजार ६ सय ६१ जनाको उद्धार गरिएको मन्त्रालयले जनाएको छ । यसैगरी बाढीपहिरोले ३ सय २२ वटा घरमा क्षति र १६ वटा पुल बगाएको सशस्त्र प्रहरीले बलले जनाएको छ ।

 

काठमाडौं उपत्यकामा बाढीले सयौं घर डुबानमा पर्दा जनधनको ठूलो क्षति भएको छ । वाग्मती, विष्णुमती, रुद्रमती, बल्खु, मनोहरा, नख्खुलगायत नदी तथा खोला बस्तीमा पसेका थिए । जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकामा ५४ वर्ष यताकै अधिक वर्षा भएको जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap