देशभर बदली रहने आँकलन मौसम पूर्वानुमान महाशाखा


लेखक : सुन्दराञ्चल      बैशाख २६, २०७९ मा प्रकाशित     
देशभर बदली रहने आँकलन मौसम पूर्वानुमान महाशाखा

२६ बैशाख, हाल नेपालमा स्थानीय वायु र भारतको बिहार-पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ । आज बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

दिउँसो देशभर बदली रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाका अनुसार प्रदेश–१, बागमती  र गण्डकीका केही स्थान र बाँकी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ ।

मंगलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही स्थान र बाँकी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बुधबार प्रदेश–१, बागमती र  लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap