देउवाले संसदीय दलको नेता चुनिनका लागि नेता डा.शशांक कोइरालासँग मत मागे


लेखक : सुन्दराञ्चल      मंसिर २०, २०७९ मा प्रकाशित     
देउवाले संसदीय दलको नेता चुनिनका लागि नेता डा.शशांक कोइरालासँग मत मागे

२१ मंसिर, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेता चुनिनका लागि नेता डा.शशांक कोइरालासँग मत मागेका छन् ।

निर्वाचनपछि बधाई साट्न बालुवाटार पुगेका कोइरालासँग देउवाले मत मागेका हुन् । ‘बधाई साटासाट भयो । संसदीय दलमा सभापतिले भोट माग्नुभयो ।’ कोइरालाका स्वकीय सचिव भरत तिवारीले भने ।

देउवाले मत मागेपछि सल्लाह गरौंला नि भनि जवाफ फर्काएका थिए । देउवा र कोइरालाको २÷३ पछि पुन संवाद हुने तिवारीले जानकारी दिए ।

संसदीय दलको नेताका लागि संस्थापन पक्षबाट देउवा निर्विकल्प उम्मेदवार बनेका छन् । संस्थापनइतरबाट महामन्त्री गगन थापाले उम्मेदवारी घोषणा गरेपनि उक्त समूहको एकल उम्मेदवार चयन हुन सकेको छैन ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap