दूधमा बदाम मिसाएर खाँदा मिल्छ यी स्वास्थ्य लाभ


लेखक : सुन्दराञ्चल      भदौ २५, २०७८ मा प्रकाशित     
दूधमा बदाम मिसाएर खाँदा मिल्छ यी स्वास्थ्य लाभ

बदाम आफैँमा पौष्टिक तत्वले धनी खानेकुरा हो । अर्कोतर्फ, यदि दूधमा मिसाएर यो खाइन्छ भने झनै पोषणको हिसाबले यो महत्वपूर्ण बन्छ ।

यदि हामीले दूधलाई बदाममा मिसाएर खाने हो भने यसमा फाइबर, क्याल्सियम, फलाम, म्याग्नेशियम, फास्फोरस, पोटेशियम, सोडियम, भिटामिन ए, भिटामिन ई, भिटामिन डी जस्ता पोषक तत्वहरु पाइन्छ । बदामले शरीरमा पु¥याउने फाइदाको बारेमा तल उल्लेख गरिएको छ ।

१. हड्डी बलियो बनाउन

बदामलाई दूधमा मिसाएर सेवन गर्नाले हड्डी बलियो बनाउन सकिन्छ । भिटामिन डी र क्याल्सियम बदाममा बढी पाइने पौष्टिक आहार हो । यस्तो स्थितिमा यसको उपभोग न केवल हड्डी बलियो बनाउन मात्रै गरिन्छ यो समग्र शरीरको विकासको लागि पनि यो प्रभावकारी हुन्छ ।

२. आँखाको स्वास्थ्यको लागि

बदामलाई दूधमा मिसाएर खानु आँखाको स्वास्थ्यको लागि पनि लाभदायक मानिन्छ । दूध र बदाममा भिटामिन ए र ईको मात्रा बढी हुन्छ । जसले मोतियाबिन्दु जस्ता समस्या हटाउन प्रभावकारी देखिन्छ । तर यो दृष्टि बढाउन र आँखाका अरु समस्या कम गर्न पनि यो प्रभावकारी छ ।

३. तौल घटाउन उपयोगी

बदाम र दूध वजन कम गर्न पनि प्रभावकारी हुन्छ । अक्सर मानिसहरुलाई थाहा हुँदैन कि बदाम र दूधले तौल पनि घट्छ । यी दुई खानेकुरामा क्यालोरीको मात्रा पर्याप्त हुन्छ । यसको उपभोगका कारण व्यक्तिहरुले धेरै पोषण प्राप्त गर्न सक्छन् र वजन पनि चाँडै कम गर्न सकिन्छ ।

४. पाचन प्रणालीमा सुधार

पाचन प्रणालीलाई बलियो बनाउन पनि बदाम र दूध उपयोगी हुने गर्छ । बदाम र दूधमा हुने फाइबरले पाचन प्रणालीलाई मात्र सुधार गर्दैन यसले कब्जियत, पेटमा हुने जलन, पेट दुख्ने जस्ता पाचन प्रणालीसँग सम्बन्धित धेरै समस्याहरु पनि यसका लागि उपयोगी छ ।

५. अनिद्राको समस्या हटाउनुहोस्

बदाम र दूध अनिद्राको समस्या हटाउन पनि प्रभावकारी हुन्छ । यी दुईको मिश्रण अनिद्राको समस्या हटाउन पनि उपयोगी हुन्छ ।

६. प्रतिरक्षा प्रणाली बढाउनुहोस्

बदाम र दूधको मिश्रण मान्छेको प्रतिरक्षा प्रणाली बढाउन पनि प्रभावकारी हुन्छ । यसमा हुने एन्टी–अक्सिडेन्ट, एन्टी–इन्फ्लेमेटरी गुणहरु पाइन्छ । साथै, यसभित्र पाइने भिटामिन डी र भिटामिन ई पनि प्रतिरक्षा बढाउन उपयोगी हुन्छन् ।

७ ) छाला र कपालको लागि उपयोगी

बदाम र दूधभित्र हुने फलामको मात्राले कपाल चम्किलो, बलियो, आकर्षक बनाउँछ । त्यस्तै, बदाम र दूध पनि कपालका लागि आवश्यक प्रोटिन ढुवानीको काम गर्ने गर्छ । यसबाहेक भिटामिन डी र भिटामिन ई बदाम र दूधभित्र पाइन्छ । जसले छालाको समस्यालाई हटाउन भूमिका खेल्छ । यदि तपाईं छाला र कपाल स्वस्थ बनाउन चाहनुहुन्छ भने खानामा नियमित दूध र बदामको मिश्रण जोड्नुहोस् ।

बदाम र दूधको साइड इफेक्ट

यदि बदाम र दूधको मिश्रण पनि धेरै खाइयो भने यसले असर गर्छ । यसका केही बेफाइदाहरु निम्नानुसार छन् ।

१. एलर्जीको समस्या भएका मान्छेले यो खानु हुँदैन । अन्यथा यसले झनै समस्या निम्त्याउन सक्छ ।

२. यदि तपाईं कुनै रोगबाट गम्भीर बिरामी हुनुहुन्छ भने वा त्यो रोगसँग सम्बन्धित औषधि लिइरहनु भएको छ भने यस्तो खानेकुरा नखान चिकित्सकहरु सुझाव दिन्छन् ।

३.बदामभित्र प्रशस्त मात्रामा पोटासियम पाइन्छ, त्यसैले जो मानिसमा कलेजोको समस्या छ उनीहरुले धेरै बदाम र दूध खानु हुँदैन । किनभने पोटेशियमको मात्रामा हुने वृद्धिले पनि कलेजोमा थप समस्या पैदा गर्न सक्छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap