दुर्गम जिल्लामा जन्मेकी डाक्टर अनिता जसले दर्जनौं गभर्वती महिलाको ज्यान जोगाईन


लेखक : सुन्दराञ्चल      पुस २, २०८१ मा प्रकाशित     
दुर्गम जिल्लामा जन्मेकी  डाक्टर अनिता  जसले दर्जनौं गभर्वती महिलाको ज्यान जोगाईन

बाजुरा–पुस २, कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्ला जिल्लाको ताजकोट गाउँपालीका मैला स्वास्थ्य चौकीमा कार्यरत नर्स अनिता थापा दुई वर्ष देखि कार्यरत छन । नर्स अनिता थापा त्यहाँ पुगेपछी दर्जनौं गर्भवती महिलाहरूको ज्यान जोगाउन सलफ स्वास्थ्यकर्मीको रुपमा चिनिएकी छन । उनले आफुले सकेजती र स्वास्थ्य संस्थामा भएको उपकरणको भरपुर प्रयोग गरेरै भए पनि सुत्केरी तथा अन्य बिरामीलाई सन्चो बनाएका धेरै उदाहरण छन ।

सिमित श्रोतसाधानका बिच पनि आफ्नो जिम्मेवारी पुरा गर्न उनले केही जटिल समस्या भएका बिरामीहरुको समेत उपचार गरेकी छन । अहिले अनिताको सामाजिक संजालमा चर्चा मात्रै होइन दुर्गमी देवी भनेर पुकार गरेका छन । बाजुरा बडिमालिका नगरपालिका घर भएकी नर्स थापा हाल हुम्लाकाे दुर्गम गाउँमा कर्मथलाे बनाएर दिनरात नभनि सेवामा तल्लिन छन ।

मसिंर २८ गते शुक्रबार राति करिव तीन बजेको कुरा हो हुम्ला जिल्ला ताजकोट तीन कि २२ वर्षिय मर्मा सार्कीलाई घरमा सुत्केरी बेथाले च्यापे पछि उनका आफन्तहरूले स्वास्थ्य चौकी पुर्‍याएका थिए । मर्मा सार्की तीन दिन पहिला स्वास्थ्य चौकीमा स्वास्थ्य परिक्षण गर्न आएकी थिन्। आफुले भिडियो एक्सरे गरेर स्वास्थ्य परिक्षण गर्दा उनको बच्चा उल्टो छ, टाउकोमा पानी जमेर ठुलो भइसकेकोले सुविधा सम्पन्न अस्पताल जान रिफर कागज बनाएर घर पठाएकी थिए नर्स अनिताले भनिन् ।

गर्भवती सार्कीको जटिल अवस्था छ भन्दा, भन्दै पनि नमानेर घरमा गएर बसेछन् उनले भनिन् । दुर्गमका गर्भवती आमालाई जहिले पनि रिस्क हुने हुदा समयमै परामर्श गरेकी हुन्छु तर अशिक्षा र सुबिधा सम्पन्न अस्पताल पुग्न आर्थिक अवस्था कमजोर हुने भएका कारण उनिहरु सुबिधा सम्पन्न अस्पताल पुग्न सक्दैनन उनले भनिन् ।

आफ्नो स्वास्थ्यको वास्ता गर्दैनन् एकातिर दुर्गम गाउँका स्वास्थ्य संस्थाबाट भनेको समयमा यातायातको ब्यबस्था हुदैन अर्कोतिर स्वास्थ्य संस्थामा सिमित श्रोत साधन र उपकरण हुने भएकोले समस्या समाधानमा निकै समस्या हुनेगरेको नर्स अनिताले बताईन । शुक्रबार राति तीन बजे मर्मा सार्कीलाइ सुत्केरी बेथा लागेर अस्पताल ल्याउदा बिरामी गम्भिर अवस्था भैसकेको थियो । स्वास्थ्यकर्मी अनिता थापाले भनिन जसरी हुन्छ बच्चा जे भएपनि आमालाई बचाउनु पर्छ भन्ने मेरो मनमा लागिरहेको थियो ।

छिटो छिटो हुम्लाबाट बाजुराको कोल्टि अस्पतालमा लगेर आमालाई बचाउन पर्छ भन्ने उदेश्यले बेथाले च्यापेकी सार्कीलाइ नर्स अनिता सहितको टोलीले बिरामीलाई कोल्टी अस्पतालमा ल्याए । उनले कोल्टी स्वास्थ्य चौकीमा आमा र बच्चा बचाउन सफल भएको नर्स अनिताले बताईन । नर्स थापाले भनिन् आफू र कोल्टी अस्पतालमा कार्यरत डाक्टरको सहयोगमा बच्चा बचाउन नसके पनि आमाको ज्यान जोगाउन सफल भयौ ।
हुम्लाको ताजकोट मैला स्वास्थ्य चौकी आएको दुइ वर्ष भयो यस्तै जटिल अवस्थाका तीन जना आमाहरुलाई स्वास्थ्य चौकीबाट जटिल अवस्थाका महिलाहरू आफैले कोल्टी अस्पतालमा लगेर आमाहरुको ज्यान जोगाउन सफल भएकी थापाले बताइन् । आमाहरुको ज्यान जगाउन पाउदा आफ्नो पेशा पर्ती आफू खुशी भएको उनको भनाई रहेको छ ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap