‘दिन पुगोस, खान पुगोस’ अन्तर्गत धनगढीको शिव पावर्ती स्कुलमा न्यानो लुगा वितरण


लेखक : सुन्दराञ्चल      पुस १, २०८१ मा प्रकाशित     
‘दिन पुगोस, खान पुगोस’  अन्तर्गत धनगढीको शिव पावर्ती स्कुलमा न्यानो लुगा वितरण

पुष ०१, धनगढीका युवा ब्यवसायी घनश्याम भट्ट नेतृत्वको टोलीलले शुरु गरेको ‘दिन पुगोस, खान पुगोस’ अभियान अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को शिव पावर्ती आधारभुत बिद्यालयमा अध्यायनरत बिद्यार्थीहरुलाई न्यानो लुगा तथा झोला वितरण गरिएको छ । मंसिर १५ गतेबाट शुरु गरेको अभियानलाई निरन्तरता दिदै आज सो बिद्यालयमा अधयायनरत ६० जना बालबालिकाहरुलाई झोला, स्वूटर र टोपी वितरण गरिएको हो । यस अभियान अन्तर्गत चिसो मौसममा कसैलेपनि समस्या भोग्नु नपरोस भन्ने उद्देश्यले सो लुगा वितरण गरिएको अभियानका संयोजक घनश्याम भट्टले बताए । गाउँमा रहेका अति बिपन्न ब्यक्ती र निम्न आय स्तर भएका नागरिकका छोरा छोरी पढ्ने यस्ता बिद्यालयमा न्यानो लुगा वितरण कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

यस अघी भट्टले ‘दिन पुगोस, खान पुगोस’ अभियान अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नम्बर १३ को भगवती आधारभुत बिद्यालयमा अध्यायनरत ५० बिद्यार्थीहरुलाई झोला, स्वूटर र टोपी वितरण गरिएको थियो । बिद्यालयले छनौट गरेका बिपन्न बिद्यार्थीहरुलाई सो समान उपलब्ध गराएको थियो । यो अभियानमा बिभिन्न ब्यवसायी तथा समाजसेवी जोडिने क्रम जारी छ । जसबाट न्यानो लुगा बिना हिउँद काट्नुपर्ने बाध्यताका बालबालिकालाई राहत पुगेको छ ।
सो अभियान अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नम्बर १३ स्थित निङ्लासैनी बिद्यापिठमा अध्यायनरत बटुकहरुलाई सिरक वितरण गरिएको थियो । यस्तै दृष्ठी फाउण्डेशन लगायत समस्यामा परेका बिभिन्न नागरिकलाई सिरक वितरण गरिसकेको छ । आगामी दिनमा यो अभियान निरन्तर चल्ने जनाइएको छ ।

No description available.No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap