:साउन, २, दार्चुला सदरमुकाम खलंगामा युवाहरुबिच बियरका बोतल हानाहान भएको छ । सो क्रममा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्लाको महाकाली नगरपालिका–४ स्थित अपि होटल एण्ड रेष्टुरेन्टमा आपसमा विवाद भएर भएको झडपमा चार जना युवा घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए ।
घाइते हुनेमा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष अनिलसिंह ठगुन्ना, नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष चरनसिंह बुढाथोकी, महाकाली नगरपालिका–१ मलेराका प्रकाशसिंह कार्की र सोही ठाउँकै प्रकाशसिंह कार्की रहेको सिंहले बताए । उनीहरुको जिल्ला अस्पताल दार्चुलामा प्राथमिक उपचारपछि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ ।