(दक्षिण एसियाली बास्केटबल संघ) महिला च्याम्पियनसिपमा नेपाल फेरि उपविजेता


लेखक : सुन्दराञ्चल      अशोज १३, २०७९ मा प्रकाशित     
(दक्षिण एसियाली बास्केटबल संघ) महिला च्याम्पियनसिपमा नेपाल फेरि उपविजेता

१३ असोज, काठमाडौं । माल्दिभ्समा भइरहेको दोस्रो साबा (दक्षिण एसियाली बास्केटबल संघ) महिला च्याम्पियनसिपमा नेपाल फेरि उपविजेता बनेको छ । श्रीलंकाले लगातार उपाधि जित्दा नेपाल भने उपविजेता बन्यो ।

बुधबार भएको आफ्नो अन्तिम खेलमा नेपालले भुटानमाथि सहज जितसहित उपाधि जित्ने सम्भावना कायम राखेको थियो । तर बुधबारै राती नै श्रीलंकाले घरेलु टोली माल्दिभ्सलाई ७२-५९ ले हराउँदै च्याम्पियन बन्यो ।

च्याम्पियनसिपमा नेपाल र श्रीलंकाले दुई जित र एक हारबाट समान चार अंक नै जोडेको थियो । तर नेपाल भन्दा श्रीलंकाले बढी अंक स्कोर गरेकोले श्रीलंका अघि रहँदै च्याम्पियन बनेको हो । सन् २०१६ मा काठमाडौंमा भएको पहिलो संस्करणमा पनि श्रीलंका सबै खेल जितेर च्याम्पियन बन्दा नेपाल दोस्रो भएको थियो ।

यस पटक पनि भारत सहभागि नहुँदा नेपालले उपाधि जित्ने लक्ष्यसहित माले पुगेको थियो ।

नेपालसहित जम्मा चार टिम मात्र सहभागि च्याम्पियनसिप राउण्ड रोविन लिगको आधारमा खेलाइएको थियो । जसमा नेपाल पहिलो खेलमै घरेलु टोली माल्दिभ्ससँग ५१-४७ ले पराजित भयो । तर त्यसपछि नेपालले पुनरागमन गर्दै श्रीलंकालाई ५५-४९ ले हरायो भने लिगको अन्तिम खेलमा भुटानलाई ६५-२६ ले पराजित गर्‍यो ।

च्याम्पियनसिपको अन्तिम लिग खेल आज माल्दिभ्स र भुटानबीच हुनेछ । भुटानले खेलेको दुई खेल नै हारेको छ । माल्दिभ्सले एक खेल जितेको छ भने एकमा पराजित भएको छ । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap