काठमाडौं ८ वैशाख, । त्रिवि कार्यकारी परिषदले त्रिभुवन विश्वविद्यालयभित्र अथवा क्याम्पस संस्थान परिसरभित्र कर्मचारी वा अध्ययनरत विद्यार्थीहरुमाथि हुने यौनजन्य दुर्व्यवहारको उजुरी सुन्ने सुनुवाई अधिकारी तोकेको छ ।
त्रिवि कार्यकारी परिषदको २०७८ साल चैत २५ गते बसेको बैठकको निर्णय अनुसार त्रिभुवन विश्वविद्यालयको केन्द्रिय कार्यलय वा यसको परिसर वा क्याम्पस, अनुसन्धान केन्द्र, अध्ययन संस्थान, संकाय वा यस अन्तर्गतको परिसरभित्र कसैलाई यौनजन्य दुर्व्यवहार गरेमा वा गराएमा उजुरी सुन्ने अधिकारीको रुपमा सम्बन्धित निकाय प्रमुखलाई र केन्द्रीय कार्यलयको हकमा शिक्षाध्यक्षलाई उजुरी सुन्ने अधिकारीको रुपमा तोकेको त्रिवि रजिष्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ ।
यस्तै दोषीलाई कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन २०७१ अन्तर्गत कारबाही हुने निर्णय भएको सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ 