तिमी पनि विदेश गयौ र?


लेखक : सुन्दराञ्चल      बैशाख २२, २०८१ मा प्रकाशित     
तिमी पनि विदेश गयौ र?

वैशाख २२,परदेश पस्नु मेरो रहर थियो वा बाध्यता भन्ने कुरा समय आएपछि पक्कै पनि थाहा हुनेछ। अहिले कसैले सोधिहालेमा त्यसको जबाफ सजिलै दिन सकिने हैसियत छैन।

मेरो बारेमा कसैले सोधेमा उत्तरदाताले मलाई कसरी बुझेको छ त्यही अवस्था अनुसारको जबाफ देला, कसैले रहर त कसैले बाध्यता यी दुईमध्ये कुनै एउटा भन्न सक्ला।

हाजिरी जबाफ, वादविवाद जस्ता प्रतियोगितामा पनि यस्तै यस्तै प्रश्न सोधिएमा उत्तरदाताले रहर वा बाध्यतामध्ये कुनै एक विकल्पमा आफ्नो सहजै जबाफ देला। तर यो प्रश्नमाथि प्राप्त जबाफ हाजिरी जबाफ, वादविवाद प्रतियोगितामा दिने जबाफ जति सजिलो भने छैन जस्तो लागेकाे छ। किनभने यो प्रश्नमा देशको आर्थिक, सामाजिक, राजनीतिक अवस्था र समग्र समृद्धिसँग जोडिएको छ। घण्टौ घोत्लिएर पनि यसको सही जबाफ पाउन मुस्किल पर्ने अवस्था हाम्रो देशमा सिर्जना भएको मेरो प्रारम्भिक ठम्याइ छ।

हामी संसारको यस्तो देशमा जन्म लियौं कि जहाँका अधिकांश  मान्छेहरू विदेश जाने लाइनमा छन्। जति सक्यो छिटो र जसरी हुन्छ देश छोड्ने मनसायमा देखिन्छन्।

अहिले विभिन्न बहानामा विदेशिनु जान खोज्नु फेसन भएको भन्ने कतिपयको बुझाइ भए पनि धेरैको नेपालमा रोजगारीका अवसरहरूको कमी भएको र भएको रोजगारीमा पनि सेवासुविधाको कमी रहेको कारण देशमा यस्तो समस्या आएको भन्ने बुझाइ छ।

यता नेपालमा शैक्षिक प्रमाणपत्रको मात्र काम नहुने अवस्था देखेर मैले पनि स्नातकोत्तरको पढाइलाई थोरै समयको अनुभवमा सीमित राख्दै अध्ययनको यात्रालाई त्यही टुंग्याएर परदेश लागेकाे छु।

माध्यमिक शिक्षा रोल्पाको दुर्गम गाउँमै अध्ययन गरेको म प्रमाणपत्र र स्नातक तहसम्मको पढाइ भने दाङ जिल्लामै रहेर पूरा गरेँ, स्नातक तह सम्मको पढाइ पूरा गरेको ऊर्जा सँगै स्नातकोत्तर तहको पढाइ पनि पूरा गर्ने उद्देश्यका साथ मार्क कलेज घोराही दाङमा एमबिएसमा भर्ना भए स्नातकोत्तर अध्ययन यही प्रतिष्ठित कलेजबाट पूरा गर्छु भन्ने उत्साहको साथ यात्रा सुरू गरेको थिएँ तर बीच बाटोमा नपुग्दै अल्मलिएँ।

कलेजको भौतिक संरचना, प्रशासनिक व्यवस्थापन, प्राध्यापकहरू, अनि सँगै अध्यापनरत साथीहरू सबै पक्षहरू सकारात्मक थियो। अध्ययनको वातावरण सकारात्मक हुँदाहुँदै पनि मेरो अध्ययनको रहर र मार्क कलेज सँगको यात्रालाई यही टुंग्याउने सोचेमा पुगेँ।

त्यसपछि म करिब १६  वर्षको लामो अध्ययनको संघर्षमय यात्रालाई टुंगो लगाएर विदेशी भाषाको अध्ययनतिर लागेँ। करिब मेरो जीवनको आधा समय छिमेकी जिल्ला दाङमा रहेर अध्ययन गरेँ।

मैले स्नातकोत्तरको पढाइ पूरा नगर्नुको कारण के थियो, समय आएपछि पुन: यस विषयमा अवश्य लेख्ने छु।

दुर्गम गाउँबाट सहर छिरेको म, अध्ययनको समयमा थुप्रै कुराहरू सिक्ने अवसर पनि पाएँ, दु:ख कष्टकर भए पनि यात्रामा निरन्तर दौडिन प्रयास गरेँ।

मानव जीवनमा बाँच्नका लागि हामी सबैले केही न केही संघर्ष गर्नैपर्छ, म पनि देशमै केही राम्रो गर्नुपर्छ भन्ने सोच राख्ने पात्रमध्ये एक हुँ।

मलाई आफ्नै देशमा केही गर्नुपर्छ भन्ने हुटहुटी मनभित्र चलिरहेको हुन्थ्यो। तर त्यस्तो मैले सोचेजस्तो अवसर मैले देशभित्र पाइनँ। बजारमा बसेर पढ्न थालेको पनि आधा दशक जति पुग्न थालेको थियो हेर्दाहेर्दै समय बितेको थाहा नै भएनन्।

अहिले उमेर बित्दै गयो जिम्मेवारी थपिँदै गए रोजगारको टुंगो लागेन। पढाइलाई निरन्तरता दिन नसक्ने अवस्थामा पुगियो। त्यसपछि परदेश लाग्नु बाहेकको कुनै विकल्प रहेन।

स्नातक तह सम्मको पढाइ पूरा भएपछि पनि सुहाउँदो काम नपाउँदा मनमा छट्पटी भइनैरह्यो। अध्ययनमा आफ्नो  इमानदारिता र लगनशीलतालाई कहिल्यै छोडिनँ। सक्दो कोसिस गरिरहेँ। सधैँ लगनशीलतामा मेहनती बन्न प्रयास गरिरहेँ तर जिन्दगीलाई आफैँले धोका दिएको चाल पाएन।

नेपालमा काम नपाउने निश्चित भएर पछि परदेशको यात्रा तय हुनेमा फरक मत रहेन नै। नेपालको शिक्षा नेपाली जनजीविका सुहाउँदो नहुनु पनि देशको बिडम्वना रहेछ।

भुवन केसी

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap