तारा एयरको विमान दुर्घटनमा परी ज्यान गुमाउनेमा धनगढीका दुई रहेको पुष्टी,


लेखक : सुन्दराञ्चल      जेष्ठ १६, २०७९ मा प्रकाशित     
तारा एयरको विमान दुर्घटनमा परी ज्यान गुमाउनेमा धनगढीका दुई रहेको पुष्टी,

धनगढी, १६ जेठ तारा एयरको विमान दुर्घटनमा परी ज्यान गुमाउनेमा धनगढीका दुई रहेको पुष्टी भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका १४ एच गाँउ फुलबारीका पुरुषोत्तम गोले र तुलसीदेवी तामाङ्ग रहेको जनाईएको छ । उनी दुबै जना श्रीमान् श्रीमाती हुन् ।

आइतबार बिहानदेखि सम्पर्कविहीन तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । जहाज थासाङ–२ को मानापाथी हिमालको फेदमा सानो सरे भन्ने स्थानको पहाडमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap