तराई–मधेस जागरण अभियानमा कैलाली र कञ्चनपुरमा हुने कार्यक्रम सार्वजनिक


लेखक : सुन्दराञ्चल      बैशाख १५, २०८२ मा प्रकाशित     
तराई–मधेस जागरण अभियानमा कैलाली र कञ्चनपुरमा हुने कार्यक्रम सार्वजनिक

बैशाख १५ धनगढी, नेकपा (माओवादी केन्द्र)ले तराई–मधेस जागरण अभियानका क्रममा कैलाली र कञ्चनपुरमा हुने कार्यक्रम सार्वजनिक गरेको छ ।
पार्टीको सुदूरपश्चिम प्रदेश समितिले आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी दिएको हो ।

गत फागुन १२ गते झापाबाट सुरु भएको हुलाकी राजमार्ग केन्द्रित अभियान यही वैशाख १५ गते कैलाली प्रवेश गर्ने नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले जानकारी दिए ।

जागरण अभियानमा पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ,उपाध्यक्षहरु अग्निप्रसाद सापकोटा,पम्फा भुसाल,नन्दकिशोर पुन (पासाङ),महासचिव देव गुरुङलगायतका पदाधिकारीहरुको विशेष उपस्थिति रहने उनले जानकारी दिए ।अभियान टोली वैशाख १५ गते साँझ ५ बजे टीकापुर नगरपालिकाको सत्ती कर्णालीमा प्रवेश गर्ने उनले जानकारी दिए ।

कैलाली र कञ्चनपुरका विभिन्न स्थानहरुमा विविध कार्यक्रम गरि वैशाख १७ गते कञ्चनपुरमा अभियान समापन हुने उनले बताए ।
बैशाख १६ गते कैलाली र १७ गते कञ्चनपुरका विभिन्न ठाँउहरुमा सकारात्मक सम्बाद,जनप्रतिनिधिसँगको जनसभा,सहिद परिवार भेटघाट, जनभेटघाट, सुदूरपश्चिमको समग्र विकास र सरोकारका विषयमा विभिन्न अन्तरक्रिया,ज्ञापनपत्र ग्रहणलगायतका कार्यक्रम हुने उनले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app download
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap