डोटी बोग्टानको खत्याडि मा.वि.र धनगढीमा रहेको चैतन्य पाठशाला विच शैक्षिक साझेदारि


लेखक : सुन्दराञ्चल      जेष्ठ ३२, २०८१ मा प्रकाशित     
डोटी बोग्टानको खत्याडि मा.वि.र धनगढीमा रहेको चैतन्य पाठशाला विच शैक्षिक साझेदारि

महादेव गिरी

धनगढी जेठ ३२, डोटीको बोग्टान फुडसिल गाउँपालिका स्थित खत्याडि मा.वि.र धनगढी शिवनगरस्थित चैतन्य पाठशाला बिच शैक्षिक स्त्तरोन्नतिको लागि साझेदारि भएको छ । खत्याडि मा.वि.ले आयोजना गरेको ‘संस्कार सहितको शिक्षा, आजको आवश्यकता’ विषय साक्षात्कार कार्यक्रममा उक्त साझेदारि भएको हो । खत्याडि मा.वि.को शैक्षिक स्त्तरोन्नतिको लागि जनशक्तिको क्षमता विकास र प्रविधियुक्त शैक्षणिक गतिविधिहरूका लागि चैतन्य पाठशालाले स्मार्टवोर्ड उपलव्ध गराउने भएको छ ।

कार्यक्रममा वोल्दै खत्याडि माविका समेत पूर्व विधार्थी गणेश प्रसाद जोशीले विधालयलाई स्मार्ट वोर्ड प्रदान गर्ने घोषणा गर्नु भएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवप्रसाद उपाध्यायको अध्यक्षतामा आयोजित कार्यक्रममा वोगटान फुडसिल गाऊँपालिका अध्यक्ष प्रमुख अतिथि रहनुभएको थियो ।विभिन्न तहमा अध्ययनरत ४ जना जेहेन्दार विधार्थीहरूलाई १० हजार नगद पुरस्कार र ८० सेट स्पोर्सट ड्रेस पनि वितरण गरिएको थियो ।

May be an image of 4 people, temple, dais and text

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि अध्यक्षले कार्यक्रमको सान्दर्भिकता र महत्वमाथि प्रकाश पार्दै जोशी र चैतन्य पाठशालाको अभियान अनुकरणिय रहेको चर्चा गर्नु भएको थियो । खत्याडि माविका पूर्व बिद्यार्थी समेत रहेको चैतन्य पाठशालाका सिईयो गणेश प्रसाद जोशीले आफू अध्ययन गरेको विधालयलाई सहयोग गर्न पाउदा खुशि महसुस भएको कुरा व्यक्त गर्नुभयो । खत्याडि माविको प्रांगणमा जीवन निर्माणको आधारशिल निर्माण गरेका स्वर्णिम दिनहरूको स्मरण गर्दै हरेक व्यक्तिले समाजको सकारात्मक रुपान्तरणका लागि सकेको योगदान दिनुपर्ने कुरा व्यक्त गर्नुभयो ।

सोहि क्रममा खत्याडि माविका सम्पूर्ण शिक्षकहरू विच गणेश प्रसाद जोशिवाट आदर्श शिक्षक अभिमुखिकरण कार्यक्रम पनि संचालन भएको थियो । कार्यक्रमको समापन गर्दै विधालय व्यवस्थापन समिति अध्यक्ष शिवप्रसाद उपाध्यायले खत्याडि माविको शैक्षिक विकासको लाग चैतन्य पाठशाला र चैतन्य एकेडेमिले प्रदान गरेको सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो । चैतन्य पाठशाला, धनगढीले सामाजिक ऊत्तरदायित्व निर्वाहा गर्न सूपका दुरदराजमा अवस्थित विभिन्न सामुदायिक विधालयको शैक्षिक विकास र जनशक्तिको सक्षमता विकासमा काम गर्ने योजना रहेको गणेश जोशिले बताउँनुभयो ।

May be an image of 8 people, dais and textMay be an image of 7 people, dais and text that says "DOT: o: क्ातে सरोक"

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap