डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन हरेक कुरामा छिटो छिटो सङ्क्रमण पुष्टि


लेखक : सुन्दराञ्चल      माघ ७, २०७८ मा प्रकाशित     
डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन हरेक कुरामा छिटो छिटो सङ्क्रमण पुष्टि

काठमाडौं माघ  ७ डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन हरेक कुरामा छिटो छिटो देखिएको छ।अर्थात् हाल सङ्क्रमण पुष्टि भएकाहरूको अनुभव सुन्ने हो भने अधिकांशमा छिटो फैलिएको, छिटो लक्षण देखिएको र छिटो सुधार देखिन्छ।ओमिक्रोन प्रभावित देशहरूको तथ्याङ्कलाई हेर्ने हो भने अघिल्लो लहरहरू भन्दा छिटो नै तल ओर्लिएको देखिन्छ।त्यसैले शायद नेपालमा पनि अबको केही दिनमा ओमिक्रोनको लहर ओर्लिने प्रक्षेपण गर्न सकिन्छ।यद्यपि, भाइरस कसरी अगाडी बढ्छ भनेर हेर्न भने बाकी नै छ।

ओमिक्रोनको सबै भन्दा फरक विशेषता भनेको नै हालसम्मको “भेरियन्ट अफ कन्सर्न” अन्तर्गतका कोरोना भाइरसहरू भन्दा तीव्र गतिमा फैलन सक्नु मानिन्छ । विश्व स्वास्थ्य संगठनले ८९ देशहरूमा फैलिएको ओमिक्रोनको विश्लेषणबाट १ देखि ३ दिनमा सङ्क्रमणको सङ्ख्यामा दोब्बरले बढ्दै जाने तथ्य सार्वजनिक गरेको थियो। हङकङ विश्वविद्यालयले गरेको प्रयोगशाला अनुसन्धानले पनि ओमिक्रोन भेरियन्ट डेल्टाको तुलनामा श्वास-प्रश्वास प्रणालीको माथिल्लो भागमा ७० गुणा बढी तीव्र गतिमा फैलन (सङ्ख्यात्मक वृद्धि) सक्ने देखाएको थियो ।

थप अरू अध्ययनहरूले पनि ओमिक्रोन तीव्र गतिमा फैलन सक्ने क्षमता विकास गरेको देखाएका छन् । विभिन्न देशहरूको तथ्यांकहरूलाई केलाएर हेर्ने हो भने पनि यो ओमिक्रोन बिजुली गतिमा उत्कर्षमा पुगेको देखिन्छ । नेपालमा पनि पछिल्लो दुई लहरहरू भन्दा यो लहर छोटो समयमा तीव्र गतिमा उकालो लागिरहेको देख्न सकिन्छ । यी तथ्याङ्कहरूले पनि ओमिक्रोनले फैलावटलाई तीव्रता दिन सक्ने क्षमता सहित विकास भएको देख्न सकिन्छ।

ओमिक्रोनले सङ्क्रमण गरेपछि लक्षण देखिने समय पनि अघिल्लो भेरियन्टहरूको भन्दा छिटो देखिएको छ । अघिल्लो भेरियन्टहरूमा सङ्क्रमण भएपछि  औसतमा लगभग ५-६ दिनमा लक्षणहरू देखिने गरेको थियो भने ओमिक्रोनमा यो अवधि छोट्टिएर औसतमा ३ दिनमा देखिएको अमेरिका तथा युरोपका ओमिक्रोन अध्ययनहरूबाट देखिएको छ । यसै कारणले पनि होला सङ्क्रमितको सङ्ख्या लगभग एकै समय तिर एक्कासि ह्वात्तै बढेको हुनुपर्दछ।
हाल धेरै कोरोना सङ्क्रमितहरूमा मुख्यतया घाटी दुख्ने, टाउकोको अगाडीको भाग र आँखा दुख्ने, शरीरका मांसपेशीका असाध्य दुख्ने, नाकबाट पानी बग्ने/ बन्द हुने,थकान महसुस हुने र मन्द ज्वरो आउने जस्ता समस्याहरू देखिएका छन्। लेखकलाई बर्षेनी डेंगु सङ्क्रमितले भन्ने गरेका लक्षणहरूसँग पनि धेरै मिल्दो जुल्दो रहेको अनुभव गरेको छ।
चाखलाग्दो के छ भने,अहिलेका धेरै सङ्क्रमितहरूमा लक्षणहरू सामान्यतया तीन दिन देखि एक हप्तासम्ममा उल्लेखनीय सुधार भएको पाइन्छ।डेल्टामा भने कम्तीमा दुई हप्तासम्म स्वास्थ्य अवस्था हेर्नु पर्ने हुन्थ्यो। अमेरिकी अनुसन्धानकर्ताहरूले गरेको अध्ययनको नतिजा अनुसार लक्षण सहित अस्पताल भर्ना भएकाहरूको बसाई डेल्टा सङ्क्रमितहरूको भन्दा झन्डै औसतमा ७० प्रतिशतले कमी हुने देखाएका थिए । समग्रमा भन्नु पर्दा, ओमिक्रोन सङ्क्रमितहरूको लक्षण तथा अस्पताल बसाइको अवधि डेल्टा भन्दा छोटो हुने गरेको प्रष्ट देखिन्छ।अर्थात् ओमिक्रोन सङ्क्रमितहरू तुलनात्मक रूपमा अघिल्लो भेरियन्टहरू भन्दा छिटो निको/ स्वास्थ्य सुधार हुन्छ भन्ने हो।

ओमिक्रोन प्रभावित देशहरूमा लहरको ट्रेन्ड हेर्दा पनि छोटो देखिन्छ । दक्षिण अफ्रिका, बेलायत, फ्रान्स तथा भारतका केही प्रान्तहरूको लहरको अवस्था हेर्दा झन्डै ३-४ हप्तामा उत्कर्षमा पुगेर मत्थर हुँदै गएको देखिन्छ । अर्थात् ओमिक्रोनको लहर अघिल्लो लहरहरूको भन्दा छिटो शिथिल भएको देखिन्छ । हाल नेपालमा पनि ओमिक्रोनले उत्कर्षको बाटो पहिल्याउँदै गर्दा अबको केही दिनमा शिथिल हुन् सक्ने अनुमान गर्न सकिन्छ। यद्यपि त्यस्तै खाले ट्रेन्ड देखिने/नदेखिने अवस्था हेर्न भने केही दिन धैर्य गर्नुपर्ने हुन्छ।

अन्तमा, हालसम्म ओमिक्रोनको हर्कतको अनुभवलाई विश्लेषण गर्दा अघिल्लो भेरियन्टहरू भन्दा छिटो फैलने, छिटो लक्षण देखिने र छिटो सुधार हुने भेरियन्टको रूपमा प्रस्तुत भएको देखिन्छ। युद्धस्तरमा हाल भैरहेको अनुसन्धानहरूले आगामी दिनहरूमा ओमिक्रोन बारे थप तथ्यहरू भने ल्याउने नै छन्।रातोपाटी

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap