चिकित्सा शिक्षा सुधारका लागि डाक्टर गोविन्द केसी धनगढीमा अहिले अनसनरत छन्। विभिन्न ७ बुँदे माग राख्दै सत्याग्रह बस्नका लागि डाक्टर केसी धनगढी पुगेकाहुन् ।हाल उनको स्वस्थ्य अवस्था जटील बन्दै छ ।उनी अनशन बसेको मंगलबार ९ दिन पुगेको छ । धनगढीको कृष्ण मन्दिरमा अनशन बसेका डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा राखिएको छ। अहिले चिकित्सकको निगरानीमा उनी सत्याग्रहमा छन्।
अनशनरत डा. कसीलाई सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द राज बोहरा ले भेटेकाछन् । प्रदेशको क्षेत्रात्रिकारभित्र पर्ने मागहरु सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको मन्त्री बोहराले बताए। ‘डाक्टर केसीले उठाएका मागहरुप्रति हाम्रो सहानुभूति छ,’ उनले भने, ‘प्रदेश सरकारको क्षेत्राधिकार भित्र पर्ने मागहरु हामि सम्बोधन गर्न हामी प्रयास गर्नेछौ ।सामाजिक विकास मन्त्री बोहरासहित प्रदेश सचिव दीपक लामिछाने, सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर जगदिश जोशी लगायत प्रदेश सरकारको टोली सेतीमा प्रादेशिक अस्पतालमा पुगी डाक्टर केसीको स्वास्थ्य अवस्था र उनका मागहरुका बारेमा जानकारी लिएको थियो ।मन्त्री समेतको टोलीले डाक्टर केसीको स्वास्थ्य अवस्था जटील भएको हुँदा थप उपचारका लागि बाहिर लग्न पनि सहयोग गर्ने बताए । डा. केसीले उठाएका मागहरु संघीय सरकारले सम्बोधन गर्न आफूले आग्रह गरेको सामाजिक विकास मन्त्री बोहराले बताए। ‘हाम्रो कार्य क्षेत्र बाहिरका मागहरु छन्। संघीय सरकारले उक्त माग पुरा गर्नुपर्छ,’ मन्त्री बोहराले भने।