डडेल्धुरामा देवर भाउजू एउटै रुखमा झुन्डिएका भेटिए


लेखक : सुन्दराञ्चल      जेष्ठ ३०, २०७९ मा प्रकाशित     
डडेल्धुरामा देवर भाउजू एउटै रुखमा झुन्डिएका भेटिए

धनगढी, ३० जेठ/डडेल्धुरामा देवर भाउजु एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् । डडेल्धुराको आलिताल गाउँपालिका–५ भावर बस्ने पशुपति बिक र गणेश बिकको शव फेला परेको हो । उनी दुबै जना देवर भाउजु नाता पर्ने हुन् ।

आलितालको वडा नम्बर ३ र ५ को सीमाना रेला पुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

दुवैको शव एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap