टेनिस खेल जीवनबाट सन्यास लिने भएकी छन्


लेखक : सुन्दराञ्चल      साउन २५, २०७९ मा प्रकाशित     
टेनिस खेल जीवनबाट सन्यास लिने भएकी छन्

२५ साउन, काठमाडौं । २३ पटककी ग्राण्डस्लाम विजेता सेरेना विलियम्सले टेनिस खेल जीवनबाट सन्यास लिने भएकी छन् । उनले अगष्ट २९ देखि सुरु हुने युएस ओपन नै आफ्नो लागि अन्तिम ग्राण्डस्लाम हुने संकेत गरेकी छन् ।

‘भोग’ म्यागाजिनका लागि लेख्दै सेरेनाले ‘रिटायरमेन्ट’ भन्ने शब्द आफूलाई मन नपर्ने तर टेनिस भन्दा अर्को कुरा आफूलाई महत्वपूर्ण हुने उल्लेख गरेकी छन् ।

उनले इन्स्टाग्राममा ‘अब गन्ती सुरु’ भनेर पनि लेखेकी छन् । उनले अब आफू मातृत्वमा रमाउने जनाएकी छन् । ‘जीवनमा यस्तो समय आउँछ, जुनबेला हामीले फरक दिशामा जाने निर्णय लिनुपर्ने हुन्छ । कुनै कुरालाई अत्यन्त माया गर्दा त्यो समय कठिन हुन्छ । म टेनिसमा रमाएँ । तर, अब उल्टो गिन्ती सुरु भएको छ । मैले आमा हुनमा, आफ्नो आध्यात्मिक लक्ष्य र फरक कुरामा केन्द्रित हुनेछ,’ सेरेनाले इन्स्टाग्राममा लेखेकी छन् ।

सेरेनाले अमेरिकन ओपन भने खेल्ने जनाएकी छन् जहाँ उनले ६ उपाधि जितेकी थिइन् । ‘दुर्भाग्यबस म यस पटक विम्बल्डन जित्न तयार थिइन र मलाई थाहा छैन न्यु योर्कमा जित्न सक्छु कि सक्दिनँ । तर म प्रयास गर्न जाँदैछु ।’

टेनिसको ओपन एरामा सेरेना धेरै उपाधि जित्ने खेलाडी हुन् भने समग्रमा मारगरेट कोर्टपछि दोस्रो स्थानमा छन् । मारगरेटले २४ उपाधि जितेकी थिइन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap