टुट्नु थियो टुट्यो मुटु’को नयाँ भर्सनप्रति सुदीप गिरीको आपत्ति,


लेखक : सुन्दराञ्चल      पुस १९, २०७९ मा प्रकाशित     
टुट्नु थियो टुट्यो मुटु’को नयाँ भर्सनप्रति सुदीप गिरीको आपत्ति,

 पुष १९  काठमाडौं । दुई दशकअघिको हिट गीत ‘टुट्नु थियो टुट्यो मुटु’लाई पुनः रेकर्ड गरेर रिलिज गरिएपछि यसका मौलिक संगीतकार तथा गायक सुदीप गिरीले आपत्ति जनाएका छन् ।

उनले यो गीतको प्रतिलिपि अधिकार कसैलाई पनि बिक्री नगरेको प्रष्टीकरण दिएका छन् । २०६० सालमा उक्त गीत रिबेल क्रिएसन म्युजिक कम्पनीबाट सार्वजनिक गरिए पनि कपिराइट बिक्री नगरेको उनले जनाएका छन् ।

सुदीप लेख्छन्, ‘सबैले मन पराउनुभएको ‘‘टुट्नु थियो टुट्यो मुटु’’ बोलको गीत आज मलाई थाहै नदिई यो कम्पनीले पुनः रेकर्ड गरेर भिडियो समेत सार्वजनिक गरेकोमा मेरो घोर आपत्ति छ ।’

‘मेरो बौद्धिक सम्पत्तिको मालिक म स्वयं भएको र आजसम्म मेरो बौद्धिक सम्पत्तिको कपिराइट कुनै पनि कम्पनीलाई नबेचेको कुरा सार्र्वजनिक गर्दछु,’ उनी अगाडि लेख्छन्, ‘रिबेल क्रिएसनका मालिक गगन प्रधान र गायक इन्द्र मानन्धरको मिलेमतोमा मेरो मूल गीतको चोरी गरी आफ्नै ढंगबाट पुनः रेकर्ड गर्दै सार्वजनिक गरेर पैसा कमाउने र सस्तो लोकप्रियता पाउन खोज्ने घटिया र निच प्रयासको मनदेखि नै घोर भर्त्सना गर्दछु र नेपालको कानुनअनुसार यसको समाधान पनि खोज्ने छु ।’

गिरीको उक्त पोस्टमा कमेन्ट गर्दै अन्य संगीतकर्मीले पनि यो चर्चित गीतको पुनः सार्वजनिकीकरणप्रति आपत्ति जनाएका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap