टिम ११ संस्कार क्रिकेट लिग टी२० सिनियर प्रतियोगिताको तयारी अन्तिम चरणमा


लेखक : सुन्दराञ्चल      चैत्र २०, २०८१ मा प्रकाशित     
टिम ११ संस्कार क्रिकेट लिग टी२० सिनियर प्रतियोगिताको तयारी अन्तिम चरणमा

धनगढी,चैत्र २१,धनगढीको फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा चैत ३० देखि वैशाख ७ गतेसम्म सञ्चालन हुने टिम ११ संस्कार क्रिकेट लिग टी-२० सिनियर प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको छ।

आयोजक संस्था गोदावरी नगरपालिका–८ अन्तर्गत रहेको संस्कार विद्याश्रम मन्टेश्वरी स्कुलले बिहिबार धनगढीको इमेज होटेलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगीताको तयारी अन्तिम चरणमा पुगेको बताएको छ।

प्रतियोगितामा कैलालीका १२ र एक डोटीको गरी जम्मा १३ वटा टिमहरू सहभागी हुनेछन्।प्रतियोगीताको मुख्य प्रायोजक टिम ११ काठमाडौँ रहेको र अन्य स्थानीय स्तरमा रहेका संघ संस्थाले प्रायोजन गरेर साथ दिएको प्रतियोगीताका निर्देशक रामचन्द्र शाहीले जानकारी दिए।

प्रतियोगीताको विजेता टिमले नगद १ लाख ११ हजार १ सय १ रुपैयाँ, उपविजेताले५५ हजार ५ सय ५५ रुपैयाँ, सर्वोत्कृष्ट खेलाडीले ५ हजार ५ सय ५५ रुपैयाँको पुरस्कार प्राप्त गर्नेछन। प्रतियोगिताका संयोजक रामचन्द्र शाहीले प्रतियोगिता सफल बनाउन सबैलाई आग्रह गरे ।

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap