टिपर दुर्घटनामा परी चारजनाको मृत्यु


लेखक : सुन्दराञ्चल      फाल्गुन १०, २०७८ मा प्रकाशित     
टिपर दुर्घटनामा परी चारजनाको मृत्यु

फागुन १०  बैतडीमा टिपर दुर्घटनामा परी चारजनाको मृत्यु भएपछि जिल्लाको पाटन नगरपालिका शोकमा डुबेको छ । सोमबार टिपर दुर्घटनामा परी तीन जनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो ।

मृत्यु हुनेमा सिगास मावि गुरुडामा अध्ययनरत पाटन नगरपालिका–३ का १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी, १४ वर्षीय राजेन्द्र पन्त र ४५ वर्षीय जनकराज पन्त छन् । राजेन्द्रको उपचारको क्रममा डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

दुर्घटनामा पाँचजना घाइते भएका छन् । घाइते हुनेमा पाटन नगरपालिका–३ कै २० वर्षीय सन्दीप विष्ट, १२ वर्षीय सुनिल भट्ट, १२ अमित विष्ट ,१२ सुदीप पन्त र महेशप्रसाद पन्त छन् । उनीहरूमध्ये सन्दीपको अवस्था गम्भीर रहेकोले धनगढी रेफर गरिएको छ । अन्य चार जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

सोमबार गुजरबाट पाटनतर्फ आइरहेको बा ३ ख ४८७९ नम्बरको टिप्पर अपरान्ह ४ बजेतिर भित्री सडकमै पर्ने झाडीमालीमा दुर्घटनामा परेको हो । विद्यालयको छुट्टी भएपछि घर फर्किरहेका विद्यार्थी उक्त टिप्परमा चढेर आउन लागेका बेला दुर्घटनामा परेको थियो । दुर्घटनाग्रस्त टिपर सडकबाट ३ सय मिटर तल खसेको थियो ।

टिपर दुर्घटनामा विद्यार्थीसहित चारजनाको मृत्यु भएपछि पाटन नगरपालिकाभित्रका सबै शैक्षिक संस्थाहरूमा आज शोक बिदा दिइएको छ । शोक बिदाका रूपमा नगर क्षेत्रभित्रका सबै विद्यालयमा बिदा दिइएको नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap