टिकटकजस्तो चर्चित एपको मालिक कम्पनी बाइटडान्सले आफ्नै सर्च इन्जिन लञ्च


लेखक : सुन्दराञ्चल      भदौ १०, २०७९ मा प्रकाशित     
टिकटकजस्तो चर्चित एपको मालिक कम्पनी बाइटडान्सले आफ्नै सर्च इन्जिन लञ्च

भदौ १०, टिकटकजस्तो चर्चित एपको मालिक कम्पनी बाइटडान्सले आफ्नै सर्च इन्जिन लञ्च गरेको छ । द्यथतभमबलअभ ९बाइटडान्स० ले यसमा कुनै विज्ञापन नदेखिने पनि बचन दिएको छ । बाइटडान्सको यो एप हाल त्यो साइबर स्पेसमा लञ्च भएको छ जहाँ गुगल वर्षौँदेखि उपस्थित छैन ।

कुनै जानकारी बिना नै बेइजिङ इन्फिनिट डाइमेन्सन टेक्नोलोजीले ध्गपयलन ९वुकोङ० सर्च इन्जिन लञ्च गरेको हो । वुकोङ सर्च इन्जिन एपलाई कम्पनीले गोप्य रुपमा लञ्च गरेको हो ।

यसै महिना त्भलअभलत ९टेसेन्ट० ले आफ्नो सर्च एप क्यनयग ९सोगोउ० बन्द गरेको थियो जसलाई कम्पनीले अघिल्लो वर्ष खरिद गरेको थियो । वुकोङ सर्च इन्जिन एप हाल चीनमा एप्पल स्टोर र विभिन्न चिनियाँ एप स्टोर्सबाट डाउनलोड गर्न सकिन्छ ।

गुगलसँग प्रतिस्पर्धा होला रु

यो एप सार्वजनिक भएसँगै बाइडडान्सको सीधा प्रतिस्पर्धा द्यबष्मग ९बाइडु० सँग हुनेछ । यसको चिनियाँ बजारमा दबदबा छ । नयाँ एपलाई कम्पनीले ‘विज्ञापन बिनाको र गुणस्तरीय सूचना’ को रुपमा प्रोमोट गरिरहेको छ । जहाँ बाइडु लामो समयदेखि सर्च रिजल्टमा पेड लिस्टिङको विषयमा विवाद रहेको छ ।

यस्तै बाइटडान्सले नन–पेड सर्च इन्जिनको दाउ चालेको छ । हुन त यो सर्च इन्जिनको गुगलसँग सिधा प्रतिस्पर्धा छैन किनभने यो जुन बजारमा सार्वजनिक भएको छ, त्यहाँ गुगल नै छैन ।

के कम्पनीले टिकटकमा जस्तै जादु चलाउन सक्ला रु

टिकटकको पनि यसरी नै सुरुवात भएको थियो र यो सर्ट भिडियो एपले एउटा क्रान्ति नै ल्याइदियो । टिकटकको चर्चा यस्तो भयो कि अन्य कम्पनीले पनि आफ्नो प्लेटफर्ममा यो सुविधा जोडेका छन् ।

युट्युबदेखि इन्स्टाग्राम र फेसबुकसम्म सबैमा अब सर्ट भिडियो देख्न पाइन्छ । यदि कम्पनीले आफ्नो सर्च इन्जिन एपलाई पनि यस्तै चर्चित बनाउन सक्यो भने यो गुगलका लागि एक चुनौती बन्न सक्छ । सर्च इन्जिनको बजारमा गुगलको एकतर्फी राज छ ।

माइक्रोसफ्ट बिंग र अन्य कम्पनीका प्रोडक्ट त छन् तर कसैले पनि गुगललाई टक्कर दिन सकेको छैन । चिनियाँ बजारमा गुगलको उपस्थिति छैन तर बइडुको एकछत्र राज छ । अब बाइटडान्सले वुकोङमार्फत् बाइडुलाई चुनौती दिएको छ ।एजेन्सी

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap