ज्वालामुखी विस्फोट, ११ जनाको मृत्यु, १२ जना वेपत्ता इन्डोनेसियामा


लेखक : सुन्दराञ्चल      मंसिर १८, २०८० मा प्रकाशित     
ज्वालामुखी विस्फोट, ११ जनाको मृत्यु, १२ जना वेपत्ता इन्डोनेसियामा

मंसिर १ ,इन्डोनेसियाको मारापी पर्वतमा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ । १२ जना हराइरहेका छन् ।

ज्वालामुखी विस्फोट हुँदा त्यस क्षेत्रमा ७५ जना पदयात्री रहेको बताइएको छ । सोमबार थप ३ जनाको उद्धार गरिएको छ । त्यसअघि ४९ उद्धार गरिएको थियो । उद्धार गरिएकाहरुमध्ये धेरैजसोको शरीर जलेको छ भने उनीहरु निकै कमजोर अवस्थामा रहेका उद्धारकर्मीहरुले बताएका छन् ।

इन्डोनेशियामा १२७ वटा सक्रिय ज्वालामुखीहरू छन् । तिनैमध्ये २ हजार ८९१ मिटर अग्लो मारापी पर्वतमा आइतवार ज्वालामुखी विष्फोट भएको थियो ।उक्त ज्वालामुखीका कारण झन्डै तीन किलोमिटर माथिसम्म खरानी र धुँवाको मुस्लो उठेको थियो । गाडी र घरहरु धुवाँ र खरानीले ढाकिएको दृष्य भिडियोमा देखिन्छ ।
पदयात्रामा रहेकाहरु त्यही ज्वालामुखीमा परेका थिए । नजिकै अर्को एक सानो ज्वालामुखी पनि विष्फोट भएकाले उद्धारकार्य प्रभावित भएको छ ।

स्थानीयवासीलाई ज्वालामुखी विष्फोट भएको ठाउँभन्दा कम्तीमा तीन किलोमिटर परै रहन निर्देशन जारी गरिएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap