ज्योति मगर उफ्रँदै नाच्दा स्टेज भासियो,


लेखक : सुन्दराञ्चल      पुस २४, २०८० मा प्रकाशित     
ज्योति मगर उफ्रँदै नाच्दा स्टेज भासियो,

पुष २४,कुरा गतसाताको हो । इलामको माइ नगरपालिकामा आयोजित १३ कुने सिमसार महोत्सवमा भएको घटना सामाजिक संजालमा यतिबेला भाइरल बनिरहेको छ ।

गायिका ज्योति मगर गीत गाउँदै नाच्ने क्रममा उफ्रँदा भ्वाङ परेर त्यसमा खसेको भिडियो भाइरल बनेको हो । ज्योति खसेपछि उनी स्टेजमा ढलेको दृश्य भिडियोमा देखिन्छ ।

ज्योति खाल्डोमा खस्ने वित्तिकै सहयोगी आएर उठाएको दृश्य देखिन्छ ।

यो घटनालाई लिएर सामाजिक संजाल प्रयोगकर्ताले आयोजकप्रति आक्रोश पोखिरहेका छन् । आयोजकले कमसल स्टेज बनाउँदा घटना भएको भन्दै उनीहरुले कार्वाहीको माग समेत गरेका छन् ।

‘बलियो स्टेज नबनाउनु आयोजकको कमजोरी हो’ एक प्रयोगकर्ता लेख्छन् । पुस १५ गतेदेखि २० गतेसम्म महोत्सव आयोजना भएको थियो । ज्योतिले यतिबेला विभिन्न जिल्लामा आयोजित मेला महोत्सवमा सांगीतिक प्रस्तुति दिइरहेकी छन् ।
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap