जेष्ठ नागरिकलाई तीर्थयात्रामा पठायो धनगढी उपमहानगरले


लेखक : सुन्दराञ्चल      अशोज ७, २०८० मा प्रकाशित     
जेष्ठ नागरिकलाई तीर्थयात्रामा पठायो धनगढी उपमहानगरले

आश्विन ७,  धनगढी उपमहानगरपालिकाले उपमहानगर क्षेत्रका जेष्ठ नागरिकलाई तीर्थयात्रामा पठाएको छ। आईतबार धनगढी उपमहानगरपालिकाले एक कार्यक्रमका बीच नगरका एक सय ९० जना ज्येष्ठ नागरिकलाई मुक्तिनाथ तीर्थात्रामा पठाउँदै सम्मानसहित बिदाइ गरेको छ।

नगर प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला रानालगायत जनप्रतिनिधिले टीका र खादा लगाएर बाजागाजासहित जेष्ठ नागरिकलाई तीर्थयात्राका लागि धनगढीबाट बिदाइ गरेका हुन्। उनीहरू एक साताका लागि मुक्तिनाथ यात्रामा निस्किएका हुन्। ज्येष्ठ नागरिकलाई सम्मान र जेष्ठ नागरिकका लागि पनि सरकार छ भन्ने अनुभूति दिलाउन जेष्ठ नागरिकलाई उपमहानगरको खर्चमा तीर्थयात्रामा पठाइएको नगर प्रमुख हमालले बताए।

बिदाइ कार्यक्रममा मेयर हमालले भने,’स्थानीय तहले ज्येष्ठ नागरिकलाई गरेको यो एक प्रकारको सम्मान हो, उहाँहरूलाई पनि आफ्नो जीवनको उत्तरार्द्धमा स्थानीय सरकार हाम्रा लागि पनि छ भन्ने महशुस होस्।’ साथै यसले धार्मिक पर्यटन प्रबर्द्धनमा पनि टेवा पुग्ने मेयर हमालको भनाइ छ। उपमहानगरले आफ्नो वार्षिक नीति तथा कार्यक्रममै ‘ज्येष्ठ नागरिकलाई तीर्थयात्रा’ कार्यक्रम समावेश गरेको छ।

गत वर्षदेखि यो कार्यक्रम सुरु गरेका हमालले आगामी वर्षहरूमा पनि यो कार्यक्रमलाई निरन्तरता दिइने बताए। उपमहानगरले पाँचवटा बस भाडामा लिएर जेष्ठ नागरिकलाई धार्मिक यात्रामा पठाएको हो। प्रत्येक बसमा एक–एक जना स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको छ। अघिल्लो वर्ष पनि उपमहानगरले एक सय २२ जेष्ठ नागरिकलाई मुक्तिनाथ यात्रामा पठाएको थियो।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap