जुन विश्वको आठौं आश्चर्य हो ,पाकिस्तानको त्यो सडक,


लेखक : सुन्दराञ्चल      मंसिर ५, २०८० मा प्रकाशित     
जुन विश्वको आठौं आश्चर्य हो ,पाकिस्तानको त्यो सडक,

 एजेन्सी मंसिर ५ ,तेह्रसय किलोमिटर लामो काराकोरम राजमार्ग पृथ्वीमा रहेको आश्चर्यजनक पहाडी चट्टानको बीचबाट गुज्रिन्छ । यो कुनै सपनाको मार्ग जस्तै प्रतित हुन्छ, जसका बारेमा कममात्रै मानिसलाई थाहा छ ।

प्रायः यसलाई विश्वको आठौं आश्चर्य पनि भनिन्छ यो पहाडी सडकमा यात्रा गर्ने क्रममा तीव्र गतिको हावा गाडीको झ्यालबाट छिरिरहेको थियो । गर्मीको मौसमका बाबजूत सात हजार मिटर अग्ला चुचुराहरुमा बरफ चम्किरहेको थियो र हिमनदी पग्लिएर झरनाको रुपमा पानी बग्दै हुन्जा उपत्यका हुँदै बग्ने नदीमा खसेको थियो ।

यो उपत्यकालाई बेलायती उपन्यासकार जेम्स हिल्टनले सांग्रिलाको उपमा दिएका छन् ।

कुनै जमानामा काराकोरम राजमार्ग पनि रेशम मार्गको हिस्साको रुपमा थियो । यसको जग यहाँका मानिसहरुले सदियौं पहिले खडा गरेका थिए । यद्यपि सन् १९७८ मा २४ हजार पाकिस्तानी तथा चिनिया मजदूरहरुको २० वर्षको मिहिनेतबाट यो सडकमा औपचारिक रुपबाट सवारी साधनहरुको आवतजावत सम्भव भएको हो ।तत् पश्चात् यस दुर्गम क्षेत्रमा व्यापार, पर्यटन तथा यात्राका क्रममा सहजताको ढोका खुल्यो ।

१३ सय किलोमिटर लामो यो सडक पाकिस्तानको राजधानी इस्लामाबाद नजिकैको हसन अब्दालस्थित सानो सहरबाट सुरु हुन्छ ।

खन्जराबस्थित ४७ सय मिटरको उचाइँमा पुग्दा यो सडक विश्वको सबैभन्दा अग्लो स्थानको पक्की सडकको रुपमा चीनको स्वायत्त जिनजियांग क्षेत्रको कसगरसम्म पुग्दछ ।

यद्यपि यो सडकको हुन्जा उपत्यकामा पर्ने १९४ किलोमिटरको क्षेत्र सबैभन्दा रोचक हिस्साकेा रुपमा रहेको छ । यो क्षेत्र काराकोरम पहाडले घेरिएको छ, जसबाटै यो राजमार्गको नाम काराकोरम राजमार्ग राखिएको हो ।

पर्यावरणमा प्रभाव ,यो क्षेत्र अविश्वसनीय रुपले सुन्दर छ । यहाँको यात्राका क्रममा तपाईंले पारदर्शी हिमनदीहरु, ताल तलैया तथा बरफले ढाकिएका चुचुराहरु चारैतर्फ देख्न सक्नुहुन्छ । यहाँको यात्रा त निकै अनुपम छ, तर यो ठाउँमा राजमार्गलाई विशेष बनाउने एक अर्को महत्वपूर्ण कुरा चाहिं हुन्जा उपत्यकाका मानिसहरु र उक्त उपत्यकाको परम्परा हो ।

गिलगिट बाल्टिस्तानमा शिंकयांग तथा अफगानिस्तानको वाखान करिडोरको बीचमा रहेको हुन्जा आफ्नो भौगोलिक अवस्थितिका कारण २०औं शताब्दीसम्म बाँकी दुनियासँग जोडिन पाएको थिएन । याहाँका स्थानीय मानिसहरु बुरुसो तथा वाखी समुदायका छन् । यहाँको आफ्नो भाषा, संगीत तथा संस्कृति छ जुन पाकिस्तानको बाँकी हिस्सा तथा संसारमा कुनैपनि ठाउँसँग मेल खाँदैन ।

काराकोरम राजमार्गले विश्वका लागि यो उपत्यकासम्मको यात्रा त सहज बनाइदिएको छ तर पर्यावरणीय दृष्टिले नकारात्मक असर पनि परेको छ ।

स्थानीय मानिसहरुको अधिकांस हिस्साले आफ्नो परम्परागत जिवनशैली त्याग्नुपरेको छ । त्यहाँ अब लामो समयसम्म जिनानी जस्ता उत्सवहरु म्नाउने मानिसहरुको संख्या कम रहेको छ । जिनानी एक वसन्त ऋतुको आगमनको उत्सव हो । साथै त्यहाँ परम्परागत कढाईका कपडा लगाउने मानिसहरु पनि कममात्रै भेटिन्छन् ।

यसबीचमा कतिपय स्थानीयहरु हृुन्जाको विशेष परम्पराहरुलाई जिवित राख्नका लागि निकै मिहिनेत गरिरहेका छन् ।

११ सय वर्ष पुरानो किल्ला तथा सांस्कृतिक परम्पराहरु सुरक्षित राखेको चर्चित गाउँ हो अल्तित । त्यहाँबाट राकापोशी र दिरान हिमालहरु टाढा देखिन्छन् । त्यहाँ नजिकै लिफ लार्सन संगीत केन्द्र नामको विद्यालय छ जहाँ उपत्यकाको परम्परागत संगीत नयाँ पुस्तालाई सिकाएर यसलाई जिवित राख्ने कोसिस भैरहेको छ ।

स्थानीय संगीतकार मुजीब रज्जाक भन्छन्, ‘हामी संगीतमा धेरै निर्भर छौं किनकि संगीत हाम्रो जीवनको हरेक भागसँग जोडिएको छ । चाहे खेतीपाती गरिरहेको बेला होस् वा बालीनाली भित्राउने बेलामा होस् हामीले लोकगीत गाइरहेका हुन्छौं । नयाँ पुस्तालाई यसको बारेमा थाहा थिएन । तर अहिले उनीहरु संस्कृतिको आत्मा के हो भन्ने कुरा सिकिरहेका छन् ।’

संगीतको सो केन्द्रको स्थापना सन् २०१६ मा भएको थियो तर यसको वास्तविक सुरुवात भने जियाउल करीमले बच्चाहरुलाई पढाउन थालेसँगै भएको मुजीबको ठम्याइ छ ।

ऋामरुपमा यहाँ संगीतलाई शोखको रुपमा सिकाइन्छ । तर अल्तितका जियाउल करीम संगीतमा डिग्री हासिल गर्ने पहिलो स्थानीय नागरिक थिए ।

उनले कैयन् वाद्ययन्त्रहरुमा महारथ हासिल गरेका थिए । सन् २०२२ मा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनुअघिसम्म उनले १ सय भन्दा धेरै विद्यार्थीहरुलाई संगीत सिकाए ।

काठले बनेका परम्परागत टोकरीहरुमा घाँस भरेर काँधमा बोकेर सडक किनारामा हिँडिरहेका पाका मानिस तथा वस्तुभाउहरुलाई देख्दा हुन्जाको परम्परागत जीवनको एक हिस्सा अझै पनि जिवितै छ भन्ने प्रष्ट हुन्छ ।

काराकोरम राजमार्ग एक अद्भूत मार्ग हो । तथापि यो स्थानीय मानिसहरु तथा हुन्जाको संस्कृति विना अधूरो हुन्छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap