जीप दुर्घटनामा परि घाइते भएका दुई जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत उद्दार,


लेखक : सुन्दराञ्चल      फाल्गुन ३०, २०७९ मा प्रकाशित     
जीप दुर्घटनामा परि घाइते भएका दुई जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत उद्दार,

३० फागनु ,जीप दुर्घटनामा परि घाइते भएका दुई जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत उद्दार गरिएको छ ।

जिल्ला सुरक्षा समिति डोटीको समन्वयमा नेपाली सेनाको हेलीकप्टरबाट घाइतेको उद्धार गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । गृह मन्त्रालयको सहयोगमा नेपाली सेनाको एन ए ०६१ नम्बरको हेलिकप्टरमार्फत उद्धार गरि नेपालगञ्ज मेडिकल कलेज लगिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिइन् । रिफर गरिएका गम्भीर घाइतेहरुमा दिपायल सिलगढी नगरपालिका–७ की वर्ष ६५ की धौली देबी बिष्ट र दिपायल सिलगढी नगरपािलका–६ का वर्ष ३२ का बिष्णु बोहरा छन् । बिष्टको टाउकोमा गम्भिर चोट लागेको छ । उनी अचेत छन् । यस्तै बोहराको खुट्टा र अन्य भागमा पनि चोट लागेको छ । बोहरा मोटरसाइकल चालक हुन् ।

मंगलवार बिहान सिलगढीबाट दिपायल जाँदै गरेको गरेको सु.प्र.प.०१००१ ज १२५९ नम्बरको फोर्स जीप र विपरीत दिशाबाट आइरहेको सु.प्र.प.०१०१० प ४७७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना हुँदा ६ जना घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक देवेन्द्र जोशीका अनुसार अन्य घाइतेहरुमा जीप चालक विष्णु बिष्ट, जीपमा सवार २९ वर्षीया टंककुमारी उपाध्याय, २४ वर्षीया दुर्गा देवी बिष्ट र डेढ वर्षीय बालक सिर्जन बिष्ट छन् । उनीहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap