धनगढी भदौ ६, जिल्ला स्वास्थ्य कार्यालयको आयोजना डेङ्गु नियन्त्रणसम्बन्धी जिल्ला स्वास्थ्य कार्यालयले बिहिवार डेङ्गु रोगथाम तथा नियन्त्रणसम्बन्धी जिल्ला स्वास्थय कार्यालयको आयोजना एक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्वास्थय कार्यलय कैलालीको आयोजना गरेको डेङ्गु रोगको रोकथाम तथा नियन्त्रणसम्बन्धी कैलालीमा डेङ्गु रोकथाम अभियानलाई प्रभावकारी बनाउन एक कार्यक्रम गरेको हो । जिल्ला स्वास्थ्य कार्यालय कैलालीको आयोजना गरेको डेङ्गु रोगको रोकथाम तथा नियन्त्रणसम्बन्धी पत्रकार र सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम भएकोे हो ।भने
कार्यक्रममा बोल्दै स्वास्थ्यकर्मीले कैलालीमा डेङ्गुका बिरामी बढ्दै गएकाले रोकथामको अभियान थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनु प्रर्ने बताए । जनस्वास्थ्य निरीक्षक विमला ज्ञवालीले डेङ्गु नियन्त्रणका लागि लार्भा खोजी र नष्ट अभियानलाई जेठबाटै सञ्चालन गरिए पनि केस बढ्दै गएको बताइन् । जसकारण अभियानलाई अझै प्रभावकारी बनाउन जरुरी उनले बताइन्।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार यो वर्षको साउन मसान्तसम्म कैलालीमा डेङ्गुका बिरामीको संख्या १३५ पुगेको छ। डेङ्गुको सङ्क्रमण बढ्दोक्रममा देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सरुवा रोग स्रोतव्यक्ति मीनबहादुर धामीले बताए। उनका अनुसार गत वर्ष ४५५ जनामा डेङ्गु सङ्क्रमण भएको थियो। जसमध्ये तीन जनाको ज्यान गएको छ। यसअघि, आर्थिक वर्ष २०७६–७७ मा ४१, २०७७–७८ मा १०१ र २०७८–७९ मा १९८ जनामा डेङ्गु पुष्टि भएको थियो।
एडिस प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्ने गरेको छ। यो प्रजातिको लामखुट्टेले दिउँसोमा मात्रै मानिसलाई टोक्ने गर्छ। भाइरसबाट लाग्ने डेङ्गु रोग रोकथामको एकमात्र भरपर्दो उपाय डेङ्गु सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट अभियान रहेको जनाइएको छ। यसका साथै, घर वरिपरि पानी जम्न नदिनुका साथै बट्टा, गमला, टायर, प्लाष्टिकको डब्बा, ड्रमलगायतमा जमेको पानी बेला–बेला फाल्न आवश्यक रहेको स्वास्थ्यकर्मीले बताएका छन्।