जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै ज्यान मृत्यु, डोटीमा


लेखक : सुन्दराञ्चल      कार्तिक १९, २०८० मा प्रकाशित     
जिप  दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै ज्यान मृत्यु, डोटीमा

डोटी, कात्तिक १९ , कैलालीको धनगढीबाट बाजुरा तर्फ जाँदै गरेको जिप डोटीमा दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै ज्यान गएको छ । दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार के.आई सिंह राजमार्ग अन्तरगत डोटीको शिखर नगरपालिका– ६ अण्यौल स्थित सेती नदी जिप खस्दा  बाजुरा जिल्ला हिमाली गाउँपालिका –५ बस्ने वर्ष २२ का राधिका मलाल, सोही ठाउँका वर्ष ३२ का धन शोभा बुढा, ८ महिनाका प्रार्थना मलाल र वर्ष ६ का कवीन्द्र बुढा रहेका छन् ।

आइतबार बिहान २ बजेर २८ मिनेट तिर ग २ च २७७६ नम्बरको बोलेरो जिप सडकबाट करिब ५० मिटर भन्दा तल सेती नदीमा खसेको छ ।

दुर्घटनामा परि घाइते भएकाहरुको दिपायल स्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।  बोलेरो चालक बाजुरा जिल्ला गौमुल गाउँपालिका –४ काँडा कोट बस्ने वर्ष २१ को महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap