जाजरकोट अस्थायी टहरामा निःशुल्क बिजुली भूकम्प पीडितका


लेखक : सुन्दराञ्चल      कार्तिक २५, २०८० मा प्रकाशित     
जाजरकोट अस्थायी टहरामा निःशुल्क बिजुली भूकम्प पीडितका

२५ कात्तिक, नेपाल विद्युत प्राधिकरणले जाजरकोट र रुकुमपश्चिममा भूकम्प पीडितहरु बसेका अस्थायी टेन्ट र टहराहरुमा निःशुल्क बत्ती जडान गरेको छ ।

प्राधिकरणले भूकम्प पीडितहरु बसेका टेण्टमा एउटा बल्ब र अन्य खुल्ला तथा सार्वजनिक ठाउँमा बढी उज्यालो दिने ठूला बल्प (भ्यापर लाइट) जडान गरेको छ ।

भूकम्पपीडितहरु बसिरहेका सबै टेण्डमा ४ सयभन्दा बढी बल्ब र खुल्ला ठाउँहरुमा करिब ५० वटा भ्यापर लाइट जडान गरिएको नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश प्रादेशिक कार्यालय, सुर्खेतका प्रमुख शम्भु कुसियत यादवले जानकारी दिए ।

‘भूकम्प पीडितहरुका टेन्टभित्र व्यवस्था गरिएको बिजुलीको मिटर पनि जडान गरेका छैनौं, शुल्क पनि लिएका छैनौं,’ नेपाल विद्युत प्राधिकरण कणर्ाली प्रदेश प्रादेशिक कार्यालय, सुर्खेतका प्रमुख यादवले भने ।

प्रमुख यादवले प्राधिकरणसँग रहेका बल्बहरु लगेर त्यस भूकम्प प्रभावित क्षेत्रमा जडान गरिएको बताए । उनले भूकम्प प्रभावित क्षेत्रमा केही ग्राहकले माइक्रोहाइड्रोबाट विद्युत् आपूर्ति लिइरहेकोमा भूकम्पले क्षति पुर्याएपछि अहिले प्राधिकरणकै प्रणालीबाट विद्युत् आपूर्तिको व्यवस्था गरिएको जानकारी दिए ।

भूकम्पका कारण पोल तथा लाइनहरुमा क्षतिपुग्दा त्यस क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो । प्राधिकरणबाट खटिएको टोलीले लाइन तथा पोलहरुको मर्मतसम्भार गरी तत्कालै त्यस क्षेत्रमा विद्युत् सुचारु गरेको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap