छिमेकी देशले हाम्रो स्वाभिमानमा चिन्ता गर्नुपर्दैन :केपी ओली


लेखक : सुन्दराञ्चल      भदौ १६, २०८० मा प्रकाशित     
छिमेकी देशले हाम्रो स्वाभिमानमा चिन्ता गर्नुपर्दैन :केपी ओली

 बुटवल  १६ भदौ, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय स्वाभिमान र स्वाधीनताका विषयमा छिमेकीले चिन्ता गर्नुनपर्ने बताएका छन् ।

शनिबार रुपन्देहीमा आयोजित एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा उनले देशको स्वाभिमान र स्वाधीनता आफैं माथि उठाउने भन्दै छिमेकीले पिर गर्नुनपर्ने बताएका हुन् ।

‘हाम्रा कुनै छिमेकीले यो कुरामा चिन्ता गर्नुपर्ने, पिर गर्नुपर्ने छैन । आफ्नो राष्ट्रको, स्वाभिमान उहाँहरुलाई पनि बोध हुन्छ, हामीलाई पनि हाम्रो देशको बोध हुन्छ । आफ्नी आमा आफूलाई प्यारो लाग्छ । आफ्नी आमाको सम्मान आफूलाई गर्न मन लाग्छ । तपाईहरु हामी छिमेकी मित्र आफ्नी आमालाई सम्मान गर्नुहुन्छ भने हामी पनि हाम्री आमालाई सम्मान गर्छौं’ उनले भने ।

एमाले अध्यक्ष ओलीले अगाडि भने, ‘तपाईहरु आफ्नो देशलाई सम्मान गर्नुहुन्छ, हामी पनि हाम्रो देृशलाई सममान गर्छौं । तपाईहरु आफ्नो राष्ट्रिय स्वाभिमानमा गौरव र्गाुहुन्छ,। हामी झन् बढी गर्छौं । किनभने हाम्रा पुर्खाहरुले साम्राज्यवादसँग, उपनिवेशवादसँग लडेर यस देशको स्वाभिमान गुम्न नदिएर पराधीन हुन नदिएर स्वतन्त्र राखेका, नेपालीहरुले गर्व गर्नुपर्छ, नेपालको स्वाधीनता दिवश छैन ।’अनलाइनखबर

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap