प्रथम चैतन्य विद्यार्थी महोत्सव २०८१ आजबाट ,सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री कमल बहादुर शाहबाट उद्घाटन


लेखक : सुन्दराञ्चल      पुस २७, २०८१ मा प्रकाशित     
प्रथम चैतन्य विद्यार्थी महोत्सव २०८१ आजबाट ,सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री कमल बहादुर शाहबाट उद्घाटन

धनगढी पुष २७, धनगढीमा रहेको चैतन्य पाठशालामा प्रथम चैतन्य विद्यार्थी महोत्सव २०८१ आज पौष २७ गतेदेखि माघ ५ गतेसम्म आजबाट सुरु भएको छ । धनगढीमा रहेको चैतन्य पाठशालाको आयोजनामा चैतन्य विद्यार्थी महोत्सव २०८१ पहिलो औं संस्करण सुरु हुन लागेको हो । उद्घाटन सत्रमा सुदूरपश्चिमको कला संस्कृति झल्किने विभिन्न झाकीहरु प्रदर्शन गरिएका थियो  । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको तथा महोत्सव उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री कमल बहादुर शाहले महोत्सवको उद्घाटन गरेको छ । चैतन्य विद्यार्थी महोत्सव २०८१ चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीको अध्यक्षतामा भएको हो ।
चैतन्य पाठशालाले विगतका वर्षदेखि नै आयोजना गर्दै आइरहेको स्टिमफेयर वार्षिक खेलकुद सप्ताहलाई यो वर्ष विन्टर क्याम्प रमाइलो मेलालाई जोडेर संयुक्त रुपमा आयोजना गर्न लागेको पाठशालाले जानकारी दिए ।

शिक्षा र संस्कारको संगम, वेद र विज्ञानको संयोजन , प्रकृति र संस्कृतिको सम्मानका लागि चैतन्य पाठशालाको शौक्षिक अवधारणा अघि बढिरहेको र पाठशालाले विद्यार्थीहरूको चौतर्फी विकासका लागि उक्त महोत्सव गर्न लागेको पाठशालाका प्रधानाध्यापक कटक बहादुर सिहँले बताए।

चैतन्य पाठशालाले विगतका वर्षदेखि नै आयोजना गर्दै आइरहेको स्टिमफेयर वार्षिक खेलकुद सप्ताहलाई यो वर्ष विन्टर क्याम्प रमाइलो मेलालाई जोडेर संयुक्त रुपमा आयोजना गर्न लागेको हो । महोत्सव आगामी माघ ५ गतेसम्म सञ्चालन हुने छ । चैतन्य विद्यार्थी महोत्सव २०८१ धनगढी उपमहानगरपालिका– ५ शिवनगर टोलमा रहेको छ ।

No description available.No description available.No description available.

No description available.No description available.

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap