चैतन्य पाठशाला खेलसप्ताह उद्घाटन


लेखक : सुन्दराञ्चल      माघ १४, २०८० मा प्रकाशित     
चैतन्य पाठशाला खेलसप्ताह उद्घाटन

महादेव गिरी संवाददाता
धनगढी माघ १४, धनगढी ५ स्थीत चैतन्य पाठशालाको खेलसप्ताह उद्घाटन गरिएको छ । चैतन्य पाठशालाको वार्षिक खेल सप्ताह चैतन्य पाठशालाका प्रमुख सल्लाहकार प्रा डा हेमराज पन्तको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।

कार्यक्रममा कैलाली जिल्ला खेलकुद प्रशिक्षण निर्देशक आश्रम केसी, तेकोन्दो प्रशिक्षक देव राज चौधरी,गोजुरियो कराते प्रशिक्षक प्रकाश चन्द, जिम्न्यास्टिक प्रशिक्षक तीर्थ ओझा, कवाडी प्रशिक्षक लोक वहादुर विष्ट,पत्रकार महासंघ सुप सचिव हरि जोशी ,रातो बांग्ला काठमाण्डौका का प्राध्यापक कमल थापा,विद्यालयका पिटिए अध्यक्ष ईश्वर गिरी ,लगायतको उपस्थिती रहेको थियो ।

उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयका प्रधानाध्यापक कटक वहादुर सिंहले उपस्थित सम्पुर्णलाइ स्वागत गर्दै विद्यालयले खेलकुदलाई प्राथमिकतामा राख्दै स्वास्थ्य र शारिरिक विकासमा विशेष महत्व राख्ने बताए । साथै खेलकुद लाई हरेक विद्यार्थीलाई अनिवार्य गरिएको र यसबाट विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

सायद १४ जना मानिसहरू को फोटो हुनसक्छ

 

विद्यालयका अध्यक्ष गणेश प्रसाद जोशीले विद्यालय आफ्नै चैतन्य पाठशाला खेलकुद एकडेमीे,फुटसल ,क्रिकेट पिच तेक्वान्दो डोजाङ मार्फत खेलकुद गतिबिधि अघि बढाएको र स्तरीय पूर्वाधार निर्माण प्रशिक्षकको ब्यबस्था गरिएकोले विद्यार्थीमा खेलकुदको स्तर राम्रो देखिएको बताए । वार्षिक खेल सप्ताहमा २३ ओटा विभिन्न तहगत र समुहगत खेल विधामा प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रममा प्रमुख अतिथि प्रा डा हेमराज पन्तले बोल्दै सपोर्ट म्यानसीप र फेयर प्लेको अवधारणालाई आत्मसाथ गरी प्रतियोगितामा भागलिनूपर्ने र यसले खेलको गरिमा र व्यक्तिलाई अनुशासित जीवनयापन गर्न मधतगर्ने कुरा व्यक्त गरेका छन् ।

 

 

 

सायद ७ जना मानिसहरू, चेस र पाठ को फोटो हुनसक्छ

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap