धनगढी बैशाख २१ ,धनगढी ५ शिवनगर स्थित चैतन्य पाठशालाले सहृदय समाज निर्माण प्रस्तावना बैठक सम्पन्न गरेको छ । समाज सेवा तथा सामाजिक कार्यमा नयाँ आयाम थप्दै चैतन्य पाठशालाले समाजलाई सुसज्जित बनाउनका लागी पाठशालाले सहृदय समाज निर्माण प्रस्तावना बैठक सम्पन्न गरेको हो ।
बिहीबार पाठशालाको सभाहलमा आयोजित कार्यक्रममा धनगढीका सहायक प्र जि अ किरण जोशी, सई सुरेन्द्र पन्त , वडा नंम्बर ५ का अध्यक्ष गजेन्द्र बहादुर शाही , शिवनगर खानेपानीका अध्यक्ष राजेश खातीलगायत समाजका बुद्धिजीवीको उपस्थिमा पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले सहृदयी समाज निर्माण प्रस्तावना पेश गरेका हुन् । आजका बालबालिकाहरु भोलिको समाजका कर्णधार भएकाले तिनै बालबालिकाहरुलाई सहृदयी समाज हस्तान्तरणका लागि अविभावकहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिइएको छ । विद्यालयका अध्यक्ष गणेश प्रसाद जोशीले भने, बालबालिकाहरुको सुनौलो भविष्य त्यतिवेला मात्रै सुनिश्चित हुनेछ जब उनीहरुको वर्तमान सुन्दर हुनेछ।
माथिको प्रस्तावना हामी कसरी सुन्दर समाज निर्माणमा सार्थक बन्न सक्छौं भन्ने चिन्तनमा आधारित छ,उनले भने । वर्तमान समयमा बालबालिकाहरुको सक्षमता विकासका लागि समय सापेक्ष शिक्षा ,स्वाथ्य, अन्य महत्वपूर्ण कुरा, जीवनशैली र संस्कारमा परिर्वतन ल्याउन अपरिहार्य रहेको बताए । विद्यालयका अध्यक्ष जोशीले अहिलेका बालबालिकाहरुमा असीमित सम्भावना, सृजनशीलता, ग्रहण गर्ने क्षमता ,केवल प्रेरणा र सकारात्मक सामाजिक परिवेशको सकारात्मक सामाकाजिक परिवेश र संस्कारी बालबालिका बनाउन अभिभावहरुको दायित्व झन् बढेर गएको बताए । वर्तमान समयमा सूचना र प्रविधिको विकासले हामीलाई जति सहजता प्रदान गरेको छ त्यो भन्दा बढी चुनौती पनि थपिएका देखिन्छन् ।
विश्व समाज नै बालबालिकाहरुका लागि संवेदनशील बनेको यस बदलिँदो परिवेशमा हामी सुदूर बासी र विशेष गरि धनगढी बासी थप संवेदनशिल हुनुपर्ने दृश्य देखिइरहेको बताए ।यस्तै विद्यालयका अध्यक्ष गणेश प्रसाद जोशीले
विगत तीन महिना देखिको मेरो सुक्ष्म अध्ययन, अवलोकन र अनुभूतिले शिवनगर क्षेत्रमा साना९साना स्कूले बालबालिकाहरुको विचलित मनोविज्ञान देख्न पाइएको बताए ।
उनले भने, आज त्यो बालक तपाइँको छोरा नहोला, त्यसले तपाईलाई प्रत्यक्ष असर नर्पाला तर सामाजिक दृष्टिकोणले हेर्दा हरेक बालबालिका हाम्रो आफ्नै छोरा९छोरी हुन् । उनले भने, मेरा आँखा अगाडि राति १०र११ बजे सम्म साना९साना बालबालिकाहरु विना उद्देश्य बरालिएको देख्दा र कता कता कुलतमा डोरिन लागेको देख्दा निकै दुःख महशुस गर्दै ती बालबालिकाहरुका लागि केहि सकारात्मक र प्रेणादायी कार्यको थालनी गर्ने अभिप्रायले प्रयुक्त प्रस्तावना विद्यालयका अध्यक्ष गणेश प्रसाद जोशीले पेश गरेका छन् ।

यी हुन
जस अनुसार शिवनगर सहृदयी समाज निर्माण, शिवनगरलाई बाल मैत्री र प्रेरणदायी समाज घोषणा, हरेक अभभिावकहरुले बालबालबालिकाहरुको दैनिकी, साथीसङ्गत, उसको संलग्नता र स्वभावमा निगरानी, अस्वस्थ खानपान तथा समग्र पक्षको ध्यानकर्षण गराउन, समाजका जिम्मेवार व्यक्तिले असल चरित्र निर्माणमा जोड,जिम्मेवार नागरिक उत्पादनमा जोड, हरेक बालकमा सम्भावना हुन्छ, त्यसैले आदर्श नागरिक बन्न प्रेरित, दैनिक गरिने क्रियाकलापमा हेरविचार गरी आवश्यक सल्लाह सुझावमा जोड, संवेगात्मक विकासका लागि नियमित योग ध्यानमा जोड र सम्बन्धित निकायमा अनुरोध गरी प्रहरीविटको स्थापनाको पहल गर्ने प्रस्तावना पाठशालाका अध्यक्ष गणेश प्रसाद जोसीले राखेका थिए । भने कार्यक्रममा जिल्ला प्रहरी किरण जोशी,सई सुरेन्द्र पन्त, वडा न। ५ का वडा अध्यक्ष गजेन्द्र ब। शाही ,शिवनगर खानेपानिका अध्यक्ष राजेश खाती, राजनितिक, साजसेवी,पत्रकार,बिशिष्ट व्यक्तीत्वका उपस्तिथि रहेको थियो । साथै समाज निमार्णमा उपस्थित महानुभावहरूवाट शिवनगर सहृदयि समाज निर्माणमा सहयोग गर्ने प्रतिवद्दता समेत व्यक्त गरेका थिए ।

