बैशाख १४ , धनगढी ,शिवनगर -५ धनगढीमा अवस्थित चैतन्य पाठशालाले अभिभावक शिक्षा कार्यक्रम अन्तर्गत “चैतन्य आदर्श अभिभावक अभिमुखीकरण कार्यक्रम” भव्यतापूूर्ण सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा प्रेरक वक्ताका रुपमा उपस्थित हुनु भएका आचार्य लक्ष्मण भण्डारीले चैतन्य आदर्श अभिभावक अभिमुखीकरण कार्यक्रममा घर पहिलो पाठशाला हो र बालबालिकाका लागि आमाबाबुले आदर्श बन्न अपनाउनु पर्ने व्यावहारिक तथा चरित्र विकास अभिभावकले अपनाउनु पर्ने महत्वपूर्ण विचार सम्प्रेषण गर्नु भयो ।
यसका साथै विद्यालयका अध्यक्ष गणेश प्रसाद जोशीले नवीनतम अभ्यासका रुपमा कार्यक्रममा पाल्नु हुने अतिथिहरुलाई सम्मानस्वरुप गरिने खादा माला नलगाइने र अब देखि सो बराबरको रकमले असाहय विद्यार्थीहरुको पढाइ लेखाइ र शैक्षिक उन्नयनमा खर्च गरिने कुरा जानकारी गराउनु भयो ।