चैतन्य पाठशालालाको आयोजनामा नानो प्रविधि विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न


लेखक : सुन्दराञ्चल      पुस १, २०८० मा प्रकाशित     
चैतन्य पाठशालालाको आयोजनामा नानो प्रविधि विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

महादेव गिरी सवाददाता

पुष १, धनगढी,  धनगढी ५ शिवनगरमा रहेको चैतन्य पाठशालाको आयोजनामा नानो प्रविधि विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ। विद्यार्थिहरुलाई पाठशा लाको नियमीत अभियान चैतन्य संवादमा २१औं सताब्दी सिकाईमा नानो प्रविधि विषयक अन्तरक्रिया कार्यक्रम गरीएको हो।

नानो प्रविधिरीका बरिष्ट वैज्ञानिक क्यानाडा निवासी डा कनराड रिजालको उपस्थितीमा विद्यार्थिलाई २१औं सताब्दी सिकाईमा नानो प्रविधिका बारेमा जानकारी गराइएको थियो। त्यसैगरी चैतन्य पाठशाला धनगढीमा आयोजित अर्को कार्यक्रममा धनगढीका विभिन्न पेशा व्यवसाय संघ संस्थामा कार्यरत बक्तित्वहरु,प्राध्यापक,ईन्जिनियर्स, राष्ट्रसेवक कर्मचारी,विद्यार्थि हरुसंग नानो प्रविधिका वरिष्ठ वैज्ञानिक डा कंराड रिजाल संग टक प्रोग्राम गरी सम्पन्न भएको छ।

 

No description available.

 

चैतन्य ग्रुप अफ कम्पनीका सिईओ गणेश प्रसाद जोशीले पाठशालाले समय समयमा यसप्रकारका राष्ट्रीय अन्तराष्ट्रिय व्यक्तित्वहरुसँग साक्षात् कार्यक्रमको आयोजना गर्दै आएको बताएका छन् । यस्तै सामाजिक उत्तरदायित्व सम्वन्धी विविध कार्यक्रम गर्दै आएको उनको भनाई छ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap