चैतन्य पाठशालामा चैतन्य स्टीम वर्कसप कार्यक्रम आज देखी सुरु


लेखक : सुन्दराञ्चल      माघ १६, २०८० मा प्रकाशित     
चैतन्य पाठशालामा चैतन्य स्टीम वर्कसप कार्यक्रम आज देखी सुरु

महादेव गिरी संवाददाता 

धनगढी माघ १६,धनगढी उपमहानगरपालीका वडा नम्बर ५ शिवनगरस्थीत चैतन्य पाठशालामा चैतन्य स्टीम वर्कसप कार्यक्रम आयोजना आज देखी सुरु भएको भएको छ । चैतन्य पाठशाला साइन्स र रोवोटिस बिभागका बिद्यार्थीहरुको आयोजनामा आज माघ १६ गते देखी २२ गतेसम्म चैतन्य स्टीम वर्कसप कार्यक्रम हुने छ ।
विज्ञान, प्रविधि, अनुसन्धान तथा अन्वेषणमा रुचि राख्ने बिद्यार्थीहरुलाई लक्षित गरी प्रयोगात्मक तथा प्रदर्शनीको अवसर सृर्जना गर्ने गरी कार्यक्रम आयोजना गरिएको चैतन्य पाठशालामा चैतन्य स्टीम वर्कसपले बताए । धनगढीका बिभिन्न बिद्यालयमा कक्षा ६ देखी ९ सम्म अध्ययनरत बिद्यार्थीहरुलाई निशुल्क रुपमा सहभागी गराइने र प्रशिक्षकको रुपमा युवा बैज्ञानिक र अन्वेषणहरुको समुह रहने आयोजक चैतन्य पाठशालाले बताए ।
बिज्ञान र प्रविधिको क्षेत्रमा रुचि राख्ने विद्यार्थीहरुलाई वाल्यकाल देखी नै सम्बन्धीत क्षेत्रमा लाग्न अभिप्रेरित गर्ने उदेश्य रहेको एउटा बालक आफ्नो समाज घर परिवारमा भोलि कस्तो बन्दै छ । आफ्ना छोरा, छोरी भोलिका दिनमा के बनाउने ,मैले समाजको लागि के गर्ने सक्छु भन्ने बार्यमा हरेक समामजमा बस्ने मानिसमा चिन्तन हुन सके मात्र हाम्रो समाज राम्रो ,असल,भबिश्यको बैज्ञानीक, नेता ,डाक्टर ईन्जीनियर,पाइलट,शिक्षक, पत्रकार, असल व्यक्ती हन सक्ने पाठशालाका सिइओ गणेश प्रसाद जोशीले बताए । बिभिन्न ११ ओटा बिद्यामा एकहप्तासम्म वर्कसप कक्षा चलाउने र महत्वपुर्ण आर्कषणको रुपमा रिमोट कन्ट्रोलबाट प्लेन पनी उडाउने योजना रहेको उनले बताए ।

यस्तै कार्यक्रमका आकर्षणका रुपमा कृत्रिम बुद्धिमत्ता शिविर, रकेट विज्ञान शिविर, खगोल विज्ञान शिविर, रोबोटिक्स शिविर, उड्डयन शिविर, उपग्रह शिविर, ड्रोन प्रदर्शन, भौतिक विज्ञानको जादू, रोमाञ्चक पुरस्कार संग खेल सिकाई, वैज्ञानिक हार्डवेयर प्रदर्शनी ९टेलिस्कोप, थ्रीडी प्रिन्टर, रकेट० रहले जनाइएको छ ।
बिद्यार्थीहरुलाई भावी वैज्ञानिकको रुपमा विकसित गर्न चैतन्य पाठशालाले बर्षभरि नै उपयुक्त वातावरण र आवश्यक श्रोत साधनको व्यवस्थापन गर्ने बताएको छ । यस्तै आवधिक रुपमा विद्यालय स्तरीय तथा अन्तर कक्षा विज्ञान, प्रविधि र अन्वेषणको क्षेत्रमा प्रदर्शनी र प्रतिस्पर्धात्मक कार्यक्रम रहने जनाएको छ । चैतन्य स्टीम वर्कसप सम्पन्नपछि त्यसबाट आर्जन गरिएको ज्ञान र सम्भावित विषयहरुमा बर्षभरी नै निरन्तर खोज अनुसन्धान र अभ्यासको काम जारी रहने जनाइएको छ । यस्तै दीर्घकालिनरुपमा चैतन्य स्टीम वर्कसपले विज्ञान र प्रविधीको क्षेत्रमा राष्ट्रिय लक्ष्यमा योगदान दिने अपेक्षा गरिएको छ ।

 

 

पाठशालाका सिइओ जोशीले चैतन्य पाठशाला शिक्षा संस्कारको संगम पुर्विय दर्शनमा आधारित शिक्षण पद्धति जिवन उपयोगी शिक्षा र अहिलेको विश्व ब्यापी शिक्षा विकसित वैज्ञानिक बिकास र अनुभव अन्वेषणलाई जोडेर असल र जिम्मेबार बिद्यार्थीको निर्माणमा जुटेको बताए । बिद्यार्थी काल देखी नै उसको असल र चरित्रवान ब्यक्ती बनाउने उदेश्य रहेको बताए । कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका माननीय मन्त्री .रमेश सिहँ धामीले सुदूरपश्चिम प्रदेश सरकाले शिक्षामा केही नया आइयाम गर्नु छ भने त्यो चैतन्य पाठशालाबाट सहकार्य गरेर जाने प्रतिबद्यदता व्यक्त्त गरे आफूले हरेरक शिक्षा क्षेत्रमा राम्रो र गुणस्तरीय बनाएको छ भने त्यो चैतन्य पाठशालाले मात्र गरेको बताए ।

आफ्नो सुदूरपश्चिम सरकार आफ्नो व्यक्तीगत रुपमा चैतन्यले शिक्षामा राम्रो गरीरहेको छ त्यो सुदूरपश्चिम भरीका मात्र नभएर देशका हरेक स्कुलहरुले चैतन्यलाइ आत्म शात गदै गएमा पक्कै पनि सिग्गो देशको शिक्षामा नयाँ आइएमी ,मुहार फेरीने र आफ्नो पाठशालाई सधै साथ सपोट हुने बताए । त्यस्तै बिशिष्ट अथिति ऐश्वर्य बहुमुखी क्याम्पस प्रमुख धर्म देव भट्टले चैतन्य पाठशालाका अध्यक्षय गणेश प्रसाद जोशी हामी सबैको पेरणादायीक व्यक्ती भएको उहाँ बाट हामीले मात्र नभएर सम्पुर्ण शिक्षामा रहेका हरेक व्यक्तिले उहाँलाइ आत्म साथ गदै अगाडी बढेमा शिक्षमा राम्रो फट्को मार्ने बताए ।

 

No description available.

 

पाठशालाले भबिश्यको बैज्ञानिकको रुपमा राष्ट्रिय रुपमा बैज्ञानिक उत्पादन गरिने उदेश्यले चैतन्य पाठशालामा चैतन्य स्टीम वर्कसप आयोजना गर्ने लागिएको यो हाम्रो लागि स्वणीम अवसर भएको क्याम्पस प्रमुख तथा कार्यक्रमका बिशिष्ठ अथिति भट्टले बताए ।बिद्यार्थीको बिकास गर्ने स्टीम कार्यक्रम बाल्य अवस्था देखी सुरु गरिएकोमा भविश्यमा सहयोग पुग्ने अपेक्षा छ । अहिले विज्ञानको क्षेत्रमा,इन्जीनियरिङ्ग, प्रविधि तथा गणितको क्षेत्र गरी ४ बिद्यामा स्टीम करीकुलम लागु गरिएको छ ।कार्यक्रम चैतन्य पाठशालका सिइओ गणेण प्रसाद जोसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति सुदूरपश्चिम प्रदेशका पर्यटन वन तथा बातावरण मन्त्री रमेश सिहँ धामी रहेका थिए । भने बिशिष्ट अथिति ऐश्वर्य बुमुखी क्यापसका क्यापस प्रमुख धर्म देव भट्ट, कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शिताराम भट्ट चैतन्य पाठशालका पिटिए अध्यक्षय ईश्वर गिरी, पाठशालका प्रधानाध्यापक कटक बहादुर सिहँ , शिक्षक ,अभिभावक बिभिन्न शिक्षा बिद, ईन्जीनिइर, पत्रकार, प्रोफेसर, बिभिन्न बिद्याका शिक्षा प्रेमी,बैज्ञानीक, बिद्यार्थी,लगाएतको उपस्थित रहेको थियो । कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक बिन्दास बमले गर्नु भएको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap