चैतन्य पतञ्जलि योग केन्द्र शिवनगर धनगढीको प्रथम वार्षिक उत्सव सम्पन्न


लेखक : सुन्दराञ्चल      चैत्र १३, २०८० मा प्रकाशित     
चैतन्य पतञ्जलि योग केन्द्र शिवनगर धनगढीको प्रथम वार्षिक उत्सव सम्पन्न

धनगढी  चैत १३,, धनगढी ५ शिवनगरस्थीत चैतन्य पतञ्जलि योग केन्द्रको प्रथम वार्षिक उत्सव सम्पन्न भएको छ। चैतन्य पाठशाला भित्र नियमीत रूपले योग अभ्यास सञ्चालन गर्दै आएको योग केन्द्रको प्रथम वार्षिक उत्सव सम्पन्न भएको हो।

गतवर्षदेखि हुँदैआएको चैतन्य पतञ्जलि योग केन्द्र, समुदाय र अभिभावकहरुको लागि आरोग्य जिबन यापन गर्न योगाभ्यास अत्यन्त महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको प्रधानाध्यापक कटक वहादुर सिंहले जानकारी दिए। हाम्रा ऋषि मुनिद्वारा हजारौं वर्षको साधना बाट स्थापित गरेका जीवनशैली र जीवन र जगतको रहस्य सँग जोडिएका मानवीय चेतनाको उच्चतम स्तर नै योग भएकोले योग आजको समयमा अतिआवश्यक रहेको बताए।
धनगढीमा चैतन्य पाठशाला एकमात्र नियमीत योग केन्द्र सञ्चालन गरिरहेको विद्यालयले यसलाई नगरभित्र उत्कृष्ठ व्यवस्थापन गर्दै समुदायलाई जोड्दै लगिने बताइएको छ ।चैतन्य पतञ्जलि योग केन्द्रका प्रभारी गोरख वहादुर खातीले दिपप्रजोलन गरी उद्घाटन गरेको थिए । उद्घाटन कार्यक्रममा बोल्दै योग केन्द्रका प्रभारी खातीले एकवर्ष पूरा गरी दोस्रो बर्षमा प्रवेश गरेकोमा सम्पूर्ण योगसधक योगीहरुलाई शुभकामना व्यक्त गरेका छन् ।
चैतन्य योग केन्द्रले समुदायमा योगको चेतना र शिक्षा प्रदान गर्दै योगशिविर तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिने कुरा व्यक्त गरेका छन् । चैतन्य पाठशाला योगकेन्द्रमा ७ जना तालिम प्राप्त प्रशिक्षक हरुलाई सम्मान गरेका छन् । केन्द्रमा हरेक दिन बिहान ५ देखि ६ः ३० बजेसम्म सर्वसाधारणलाई निःशुल्क योग अभ्यास गराइने गरिएको छ ।

No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap