चैतन्य इन्स्टिच्युटद्धारा पूर्व प्राथमिक तहका शिक्षकका लागि २ दिन तालिम आज बाट सुरु


लेखक : सुन्दराञ्चल      मंसिर २९, २०८० मा प्रकाशित     
चैतन्य इन्स्टिच्युटद्धारा पूर्व प्राथमिक तहका शिक्षकका लागि २ दिन तालिम  आज बाट सुरु

धनगढी मंसिर २९,चैतन्य इन्स्टिच्युट फर रिसर्च एण्ड डेभलपमण्ट शिवनगर धनगढीको आयोजनामा पूर्व प्राथमिक तहका शिक्षकका लागि तालिम हुने भएको छ । पूर्व प्राथमिक तहका शिक्षकहरुको लागि धनगढीमा मंसिर २९र ३० गते तालिमको आयोजना गरिन लागीएको चैतन्य इन्स्टिच्युट फर रिसर्च एण्ड डेभलपमण्ट शिवनगर धनगढीले जनाएको छ ।

उक्त तालिममा, शिक्षा विज्ञ डाक्टर मीनाक्षी दाहाल र सुष्मा दाहालले सहजीकरण गर्नुहुने बताइएको छ। सुदुरपश्चिम प्रदेशबाट विभिन्न विद्यालयबाट शिक्षकहरु तालिममा सहभागी हुने कार्यक्रम रहेको छ। उक्त तालिम गार्डेन होम स्टे एण्ड रेसोर्टमा आयोजना हुने जनाएको छ। चैतन्य इन्स्टिच्युटले तालिममा विभिन्न विद्यालयबाट शिक्षकहरु तालिममा सहभागी हुन आह्वान समेत गरेको बताएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap