चेल्सीले जित्याे युइएफए सुपर कपकाे उपाधि


लेखक : सुन्दराञ्चल      साउन २८, २०७८ मा प्रकाशित     
चेल्सीले जित्याे युइएफए सुपर कपकाे उपाधि

२८ साउन, काठमाडौं । इंगलिस क्लब चेल्सीले युइएफए सुपर कपको उपाधि जितेको छ । बिहीबार बिहान सम्पन्न खेलमा स्पानिस क्लब भियारियललाई पेनाल्टी सुटआउटमा ६-५ ले पराजित गर्दै लण्डन क्लब चेल्सी च्याम्पियन बनेकाे हो ।

विन्डाेरस पार्कमा भएकाे खेलकाे निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटकाे खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलकाे निर्णय पेनाल्टी सुटआउटबाट लिइएकाे थियो ।

२७ औं मिनेटमा हाकिम जियाचको गोलबाट चेल्सीले अग्रता लिएको थियो भने ७३ औं मिनेटमा जेरार्ड मोरेनाेले भियारियालका लागि बराबरी गाेल फर्काए ।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका केपा अरिजाबालागाले भियारियालका कप्तान राउल अल्बिओलको अन्तिम प्रहार राेक्दै चेल्सीलाई जित दिलाए । त्यसअघि उनले अईसा मान्डीकाे प्रहार राेकेका थिए ।

चेल्सीका काई हाभार्टकाे पहिलाे पेनाल्टी नै भियारियलका गाेलकिपर सर्जियाे असेन्जाेले बचाएका थिए । तर त्यसपछि चेल्सीका सबैले गाेल गरे ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap