चीनको सिचुवान प्रान्तमा गएको भूकम्पमा परी ६५ जनाको मृत्यु,


लेखक : सुन्दराञ्चल      भदौ २१, २०७९ मा प्रकाशित     
चीनको सिचुवान प्रान्तमा गएको भूकम्पमा परी ६५ जनाको मृत्यु,

२१ भदौ, काठमाडौं । चीनको सिचुवान प्रान्तमा गएको भूकम्पमा परी ६५ जनाको मृत्यु भएको छ । चिनियाँ सरकारी टेलिभिजन सीसी टिभीले ६५ जनाको मृत्यु पुष्टि भएको र करिब २५० जना घाइते भएको जनाएको हो । १२ जना सम्पर्कविहीन भएको समाचारमा उल्लेख छ ।

सोमबार सिचुवान प्रान्तको राजधानी चेङ्दुमा ६.८ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

भूकम्पको इपिसेन्टर चेङ्दुबाट २२६ किलोमिटर दक्षिण पश्चिममा पर्ने पहाडी क्षेत्र लुडिङ भन्ने स्थानमा रहेको चीनको अर्थक्वेक नेटवर्कले जनाएको छ । भूकम्प पछिको परकम्प मंगलबार पनि महसुस भएको थियो ।

भूकम्पका कारण गान्जीमा ३७ जना र यान शहरमा २८ जनाको ज्यान गएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । भूकम्पका कारण वस्तीहरुमा सन्चार सम्पर्क विच्छेद भएको थियो । पहाडी क्षेत्रमा पहिरो गएर सडक पनि अवरुद्ध भएको थियो ।

सिचुवान प्रान्त सरकारले भूकम्प प्रभावित क्षेत्रमा ५ सय बढी उद्धारकर्मीहरुलाई परिचालन गरिएको जनाएको छ । प्रभावितहरुलाई अस्थायी सेल्टरमा राखिएको छ । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap