चिसो अत्याधिक बढेपछि जुम्लाको जनजीवन कष्टकर


लेखक : सुन्दराञ्चल      पुस १०, २०८१ मा प्रकाशित     
चिसो अत्याधिक बढेपछि जुम्लाको जनजीवन कष्टकर
 पुष १० जुम्ला,  चिसो अत्याधिक बढेपछि जुम्लाको जनजीवन कष्टकर बनेको छ । चिसोले बिहान बेलुकी हातमुख धुनसमेत कठिन भएको छ । आज बिहानै देखि आकाशमा बादल लागेपछि चिसो बढेको हो ।पानी भूइँमा खस्नेबित्तिकै जम्ने हुनाले थप कष्टकर बनेको छ । चिसोले बालबालिका र ज्येष्ठ नागरिक घरबाहिर निस्कन सकेका छैनन्। घरघरमा आगो बालेर बसेका छन् । सदरमुकाम खलंगाका हरेक दोकान तथा चोकअगाडि आगो तापेर दिन काटिएको छ भने चिसोले सदरमुकामको चहलपहल घटेको छ ।चिसोले सवारीसाधन स्टार्ट नहुँदा आगोले तताउनुपर्ने बाध्यता रहेको यातायात व्यवसायी बताउँछन् । सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरूलाई कार्यालय बाहिरै आगोबालेर सेवा दिनुपरेको कर्मचारीले बताए । हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार आज जुम्लाको तापक्रम माइनस ३ डिग्री सेल्सियससम्म झर्‍यो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap