चिसोले गर्दा गाँउनै रित्तै…?


लेखक : सुन्दराञ्चल      माघ १७, २०७८ मा प्रकाशित     
चिसोले गर्दा गाँउनै रित्तै…?

लमजुङ माघ १७ , मनाङको विकट फू गाउँकी कर्साङ लामा घरमा ताल्चा मारेर काठमाडौं पुगेको दुई महिना भयो । घरको अवस्था कस्तो छ भन्ने उनलाई थाहा छैन । फू गाउँकै संगे खन्डो लामाको परिवारले पनि घर छाडेको डेढ महिना भयो । घरको अवस्था कस्तो छ भन्ने उनलाई पनि जानकारी छैन ।

उनले खबर पाएका छन् कि गाउँ हिउँले ढाकेको छ, चिसो अत्यधिक छ । ‘गाउँमा कोही छैनन् । गाउँ हिउँले ढाकेको छ । कोही–कोही बस्तुभाउ हेर्ने भनेर बसेका छन्,’ कर्साङले भनिन्, ‘हामी काठमाडौं छौं । अहिले गाउँमा कोही छैन ।’ नार्पाभूमि गाउँपालिका–५ का वडाध्यक्ष सोनाम तेजे लामाले गाउँमा कोही नभएको पुष्टि गरे । ‘गाउँमा बस्न चिसोले सक्दैन । कोही बस्दैन,’वडा अध्यक्ष सोनाम तेज लामाले बताए ।

नार्पाभूमि गाउँपालिका अध्यक्ष मिङ्मा छिरिङ लामाका अनुसार नार र फू गाउँमा कोही छैनन् । सबै काठमाडौं, पोखरा, बेंसीसहर झरेका छन् । नार समुद्र सतहको ४ हजार २ सय ८५ मिटर उचाइका पर्छ भने फू ९४ हजार ५० मिटरमा छ । फू गाउँका केही बासिन्दा ३ हजार ८ सय ४० मिटरमा रहेको क्याङमा झरेका छन् । नारका केही च्याँखु ९३,७३५ मिटर० र मेता ९३,५७० मिटर० बीचको च्याप ९३,६२० मिटर० मा झरेका छन् । केही मेता र च्याँखुमा छन् । त्यही ठाउँमा पनि हिमपात भएकाले बस्ने अवस्था छैन । गाउँपालिकाका कर्मचारी, प्रहरी तथा बैंकका कर्मचारीसमेत नरहेको उनले बताए । ‘अहिले त गाउँमा कोही छैन ।

सबैका घरमा ताल्चा लागेको छ,’ उनले भने, ‘यस्तो चिसोमा गाउँमा गएर के फाइदा रु सबै बेंसी झरेका छन् । अब फागुन–चैतमा फर्किन्छन् ।’

नार्पाभूमि नेपालमै सबैभन्दा कम घर र जनसंख्या भएको स्थानीय तह हो । जनगणना २०७८ अनुसार कुल घर संख्या १ सय २५ छ । महिला २ सय २८ र पुरुष १ सय ७० गरी नार्पाभूमि गाउँपालिकामा कुल ३ सय ९८ जनसंख्या छ । भौगोलिक अवस्थाले निकै विकटमा रहेको नार्पाभूमि पुग्न मनाङ सदरमुकाम चामे नजिकै कोतोबाट हिँडेर मुस्किलले २ दिन लाग्छ । तिब्बत सीमा नजिकैको उक्त गाउँमा मोटर बाटो पुगेको छैन । हिमपात र चिसो छल्न गाउँघर छाडेका नार्पाभूमिका नागरिकले २ देखि ३ महिना आफ्नो गाउँघर देख्दैनन् ।

मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार गाउँपालिकाका ७५ प्रतिशत बासिन्दा अहिले जिल्ला बाहिर छन् । ‘हिमपात छ । चिसो छ । बूढाबूढी, बालबच्चालाई चिसो लाग्छ । यो समय गाउँघरमा कोही बस्दैनन्,’ उनले भने, ‘न काम गर्न सकिन्छ, न बस्न । सबै अहिले तलतिरै छन्,’ उनले भने । उनका अनुसार विकास निर्माणका काम चिसोका कारण ठप्प छ । मनाङकै मनाङ, टंकी मनाङ, खाङ्सार, ङावल, घ्यारू, पिसाङका अधिकतर स्थानीयवासी अहिले गाउँमा छैनन् । ‘गाउँका घरमा ताल्चा लागेको छ । केही घर रुङ्न बसेका छन् नत्र कोही छैन,’ उनले भने ।

पछिल्लो तथ्यांकअनुसार स्थानीय तहगत रूपमा मनाङको जनसंख्या महिला २ हजार ३ सय ७८ र पुरुष २ हजार ५ सय ४७ गरी ४ हजार ९ सय २५ जना छ ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिकाका बासिन्दा प्रायः जिल्ला बाहिर छन् । चामे गाउँपालिकाका पनि अधिकांश जिल्ला बाहिरै छन् । नार्पाभूमिका स्थानीय मेता, च्याँखु र क्याङमा बसेकाले आधाजसो मात्रै बाहिरी जिल्ला रहेको हुन सक्ने उनले बताए । तल्लो क्षेत्र नासों गाउँपालिकाका धेरैजसो आफ्नै गाउँघरमा छन् । थोरै मात्र जिल्ला बाहिर छन् । ‘यति नै जिल्ला बाहिर छन् भनेर भन्न सक्ने अवस्था छैन । मनाङी हिमपात, चिसो छल्न जिल्ला बाहिर छन् । फागुन–चैतमा फर्किन्छन्,’ उनले भने ।

मनाङमा रातको समय माइनस २० डिग्रीसम्म तापक्रम झरेको थियो । केही दिनयता घाम लागेकाले दिउँसोको समय केही न्यानो हुँदै आएको प्रजिअ आचार्यले बताए । हिमपात रोकिएपछि मनाङीहरू बिस्तारै गाउँघर फर्किन्छन् । अहिले चक्रीय अन्नपूर्ण पदमार्गका होटल व्यवसायी पनि गाउँघरमा छैनन् । ‘कार्यालयमा सेवाग्राही घटेका छन् । विकास निर्माण ठप्प छ,’ उनले भने । खाली घरको रेखदेख, सुरक्षा र निगरानी प्रहरीले गरिरहेको उनले बताए ।

हिमपात र चिसो छल्न झरेका मनाङी सहरमा विभिन्न व्यवसाय गर्छन् । मनाङबाट प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले हिमपात र चिसो छल्न काठमाडौं झरेका मनाङी विभिन्न धर्मकर्मको यात्रामा जाने, पूजापाठ गर्ने, घुमघाम गर्ने गर्छन् । ‘हरेक वर्ष मनाङीले जिल्ला छोड्छन् । गाउँ नफर्केसम्म मनाङी भेटघाट गर्ने, सुखदुःखका कुरा गर्ने, घुमफिर गर्ने, पूजापाठ गर्ने काममा व्यस्त हुन्छन्,’ उनले भने, ‘हिमपात र चिसो हट्दै गएपछि मनाङीहरू गाउँ फर्केर आ–आफ्नो काममा लाग्छन् । व्यापार व्यवसाय,

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap