चितामा आमा जलिरहिन्, दाजु भाइलाई अँगालो हालेरउनीहरू टोलाइरहे


लेखक : सुन्दराञ्चल      अशोज १९, २०८१ मा प्रकाशित     
चितामा आमा जलिरहिन्, दाजु भाइलाई अँगालो हालेरउनीहरू टोलाइरहे

अछाम आश्विन १९, : आमाको चितामा दागबत्ती दिए। अनि, थचक्क बसे। एकले अर्कोको मलिन अनुहार हेरे। दाइले भाइलाई अँगालो हाले। अनि, दाजुभाइले आँसु झारे। त्यसपछि, चुपचाप टोलाइरहे। मलामीमा सन्नाटा छायो। दाजुभाइको त्यो अबोधपना र प्रेम देखेर मलामीका आँखा रसाए।
अछाम ढुंगाचाल्नाकी सरिता जैसीले अस्पताल नपुग्दै बाटोमै बच्चा जन्माइन्। साल आएन। अनि, ज्यान गयो। चार छोराछोरी टुहुरा भए। सबैभन्दा जेठी छोरी मनिषा हुन्। दुई छोरा छन्। ९ वर्षका युवराज र ७ वर्षका लक्ष्मण। दाजुभाइले आमा सरिताको चितामा दागबत्ती दिएका थिए। सरिताका पति अपांग छन्। त्यसैकारण, नवजात शिशु र अरू तीन छोराछोरीको स्याहारसुसार र भविष्यलाई लिएर मलामीहरू पनि चिन्तित बने। टुहुरा दाजुभाइलाई सान्त्वना त दिए। तर, टुहुरा बालबालिकाको भविष्य भने अनिश्चित नै छ।

बिहीबार सुत्केरी व्यथा लागेपछि सरितालाई स्ट्रेचरमा बोकेर ढुंगाचाल्ना स्वास्थ्यचौकी लगिएको थियो। एकदेखि डेढ घण्टाको बाटो थियो। स्वास्थ्यचौकी नपुग्दै उनले राति २ः४५ बजे बाटोमा नै बच्चा जन्माइन्। नवजात शिशुसहित सरितालाई स्थानीयले राति ३ बजे स्वास्थ्यचौकी पुर्‍याएका थिए। निकै बेरसम्म पनि साल आएन। धेरै नै रक्तस्राव भइरह्यो। ‘न साल आयो, न त रक्तस्राव नै रोकियो, स्वास्थचौकीकी अनमी नीराकुमारी साउदले भनिन्, ‘त्यसपछि जिल्ला अस्पताल लैजान सुझाव दिएकी थिएँ। तर अस्पताल नपुग्दै ज्यान गएछ।’

साल निकाल्नका लागि आफूले सबै प्रक्रिया गरे पनि सफल नभएको उनले बताइन्। नवजात शिशु भने स्वस्थ छन्। अनमी साउदका अनुसार सरिताको सुत्केरी हुने ‘डेट’ भदौ २९ गतेको थियो। असोज ७ गतेसम्म व्यथा नलागेपछि सुत्केरी हुन जिल्ला अस्पताल जानुपर्छ भनेकी आफूले सुझाव दिएको साउदले बताइन्। तर, सरिताले योभन्दा पहिलाका सन्तान पनि सुत्केरी हुने मितिभन्दा ढिलै हुने गरेको जवाफ दिएकी थिइन्।

‘गर्भवती जाँचका लागि स्वास्थ्यचौकी आउँदा मैले धेरै पटक तपाईंको शरीरमा रगतको कमी छ, कमजोर हुनुहुन्छ, ख्याल गर्नु भनेर सुझाव दिएकी थिएँ,’ उनले भनिन्, तर, भौगोलिक विकटता र सवारीसाधन नहुँदा उहाँ अस्पताल जान सक्नु भएनछ।’ आमाको मृत्युपछि चार छोराछोरीको बिचल्ली भएको स्थानीय कृष्ण थापाले बताए। उनले भने, ‘दुई दिनको दुधेबालक भोकले रोइरहन्छन्, बिचल्ली भयो। मृतकका श्रीमान् अपांग छन्। अब यी बालबालिकाको अवस्था के हुने भन्ने चिन्ता छ।’ विकट बस्तीका नागरिकले समयमै स्वास्थ सेवा नपाउँदा अकालका ज्यान गुमाउनुपर्ने अवस्था अझै रहेको भन्दै उनले असन्तुष्टि जनाए।

आर्थिक अवस्था निकै कमजोर भएका मृतक सरिताका श्रीमान् टंकप्रसाद जैसीको आँखाको ज्योति गुमेको धेरै भयो। जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अधिराज आचार्य भन्छन्, ‘समयमै अस्पताल पुर्‍याउन सकिएको भए सरिताको ज्यान जोगाउन सकिन्थ्यो। हाम्रा लागि यो घटना दुर्भाग्य भयो।’

जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाका अनुसार चालु आर्थिक वर्षमा अत्यधिक रक्तस्रावबाट ज्यान गुमाउने सरिता पहिलो हुन्। गत वर्ष चार जना सुत्केरी तथा गर्भवतीले ज्यान गुमाएका थिए। ढुंगानाका अनुसार गत वर्ष रामारोशनको सुतारका दुई जना तथा कमलबजार र तुर्माखाँदका एक÷एक सुत्केरीको ज्यान गएको थियो।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap